Sujang

एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन डोटीको अध्यक्षमा बम 

डोटी :एकिकृत खिल नेपाल शिक्षक सङ्गठन डोटीको अध्यक्षमा ऐन बहादुर बम चयन हुनुभएको छ । जिल्लाको बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर ७ चवरा चौतारामा शनिवार सम्पन्न छैटौँ अधिवेशनबाट बमको अध्यक्षतामा २३ सदस्यीय जिल्ला समिति चयन भएको छ ।

वरिष्ठ उपाध्यक्षमा गणेश बहादुर साउद, उपाध्यक्षमा चेत रावल, महिला उपाध्यक्षमा अम्बिका पोखरेल, उपाध्यक्षमा वेद कुमारी देउवा र यज्ञ राज भट्ट चयन हुनुभएको छ । त्यस्तै सचिवमा यज्ञ पार्की, अर्थ सचिवमा नारद पुजारा, सह–सचिवमा केशव बोहरा, हर्क बहादुर बोहरा र रुद्र सिंह धामी चयन हुनुभएको नव निर्वाचित अध्यक्ष बमले जानकारी दिए

Salmuni
Leave A Reply

Your email address will not be published.