Sujang

सुदूरपश्चिममा मुख्यमन्त्रीलाई विश्वासको मत दिन सक्दैनौं : रञ्जिता श्रेष्ठ

नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत दिन नसक्ने बताएको छ ।नागरिक उन्मुक्तिको समर्थनमा एमालेका राजेन्द्र रावल २७ पुसमा मुख्यमन्त्री बनेका थिए । उनले एक महिनाभित्र विश्वासको मत लिइसक्नुपर्छ ।

तर नागरिक उन्मुक्तिले समर्थन गर्ने सुनिश्चित नभएका कारण अहिलेसम्म विश्वासको मत लिएका छैनन् । उनले शीर्ष तहबाटै सहमति खोजेका छन् ।तर नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले भने सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत नदिने बताएकी छन् ।

बुधबार दाङमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भनिन्, ‘सत्ता गठबन्धनमा रहेर हामीले प्रधानमन्त्रीलाई विश्वासको मत दिइसकेका छौं । सुदूरपश्चिममा पनि सरकार बनाएका छौं । तर माग पूरा नभएपछि मुख्यमन्त्रीलाई विश्वासको मत दिन सक्दैनौं ।’ यद्यपि छलफलका क्रममा आफूहरुको माग र मुद्दाप्रति प्रधानमन्त्री सकारात्मक पाएको उनले बताइन् ।

Salmuni
Leave A Reply

Your email address will not be published.