
धन बोहरा ,सिलगढी :सिलगढीमा जारी अन्तर विद्यालय स्तरीय खेलकुद प्रतियोगिता अन्तर्गत हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
पद्म पब्लिक मुक्ति नारायण माद्यामिक विद्यालयले ७५ ओैँ वार्षिकोत्सव तथा हिरकजयन्तीको अवसरमा अन्तर विद्यालय स्तरीय खेलकुद प्रतियोगिताको आयोजना गरेको हो ।
सोमवार १ देखी ५ कक्षा र ६ देखी १० कक्षा सम्मका लागि हाजिरी जवाफ प्रतियोगी गराइएको थियो ।
कक्षा १ देखी ५ सम्मको प्रतियोगितामा पवित्रा आवासीय माद्यामिक विद्यालय र कक्षा ६ देखी १० सम्मको प्रतियोगितामा पद्म पब्लिक मुक्ति नारायण माद्यामिक विद्यालय प्रथम भएको छ ।
१ देखी ५ कक्षा सम्मको प्रतियोगितामा १३ विद्यालयको सहभागिता रहेको थियो । जसमा खप्तड इङ्लिस बोडिङ् दिपायल दोस्रो र पद्म पब्लिक मुक्ति नारायण माद्यामिक विद्यालय तथा अमर ज्योति बोडिङ्ले तेस्रो स्थान हासिल गरेको छ । ६ देखी १० कक्षा सम्मको प्रतियोगितामा १४ विद्यालयको सहभागिता रहँदा तेडि माद्यामिक विद्यालय कलेना दोस्रो र मगलेग माद्यामिक विद्यालय तेस्रो भएको थियो ।
यस्तै सोमवार नै माद्यामिक विद्यालय स्तरीय कक्षा ९/१० सम्मका लागि निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ । निबन्ध लेखन प्रतियोगिताको नतिजा सोमबार सार्वजनिक नगरिएको विद्यालयले जनाएको छ ।
अन्तर विद्यालय खेलकुद प्रतियोगिता २०७९ माघ ४ गतेबाट सुरु भएको थियो । प्रतियोगिता १२ गते सम्पन्न हुने बताइएको छ ।