
सिलगढी :अन्तर विद्यालय स्तरीय खेलकुद प्रतियोगिता २०७९ अन्तर्गत भलिबल प्रतियोगिताकाे उपाधि दिल्पेश्वर माद्यामिक विद्यालय दिपायलले जितेकाे छ ।
७५ ओैँ बार्षिकाेत्सव तथा हीरक जयन्तीकाे अवसरमा पद्म पब्लिक मुक्ति नारायण माद्यामिक विद्यालय सिलगढी डोटीले आयाेजना गरेको प्रतियोगितामा कुमालीकोट माद्यामिक विद्यालयलाई हराउँदै दिल्पेश्वरले जित हात पारेको हो ।
आइतबार भएकाे फाइनल खेलमा कुमालिकाेट माथि दिल्पेश्वरले २५-१४, २५-१९ र २५-२३ काे साेझाे सेटले जित हात पारेको हाे ।
प्रतियोगिता जित्दै दिल्पेश्वरले रू १५ हजार नगद, ट्रफी र प्रमाणपत्र पुरष्कार प्राप्त गरेको छ भने द्वितीय भएको कुमालीकोटले रू १० हजार सहित ट्रफी प्रमाणपत्र पाएको छ ।
त्यसै शनिवार सम्पन्न छात्रा कबड्डी प्रतियोगितामा आयोजक टिम पद्म पब्लिक मुक्तिनारायणले जित हात पारेको छ । पद्म पब्लिकले तेडि माद्यामिक विद्यालय कलेनालाई ४१-२० अंक हराएको हो । प्रथम भएको पद्म पब्लिकले रू १० हजार सहित ट्रफि प्रमाणपत्र पुरष्कार प्राप्त गरेको छ भने द्वितीय तेडी माद्यामिक विद्यालयले रू ७ हजार सहित ट्रफी प्रमाण पत्र प्राप्त गरेको छ । पुरष्कार विद्यालयको वार्षिक उत्सवको दिन माग १२ गते वितरण गरिने विद्यालयले जनाएको छ ।