Sujang

नब बिहानी सहकारी संस्थाको बार्षिक साधारण सभा सम्पन्न

गणेश मौनी,पुस ८ ,डोटी:डोटीको केआई सिंह गाउँपालिका वडा नम्बर ६ र ७ मा रहेको नब बिहानी बचत तथा ऋण सहकारी संस्थाको १२ औं बार्षिक साधारण सभा कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

सभालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अथिती समेत रहेका जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मण बहादुर सिंहले नबबिहानी सहकारी संस्था डोटी जिल्लाको नमुना सहकारीको रुपमा रहेको बताए । उनले भने सहकारी संस्थाले बचतका साथै आर्य आर्जनलाई कृषि उत्पादन संग जोड्नु पर्ने, कृषकहरुले उत्पादन गरेका कृर्षि उपजहरु बजार संग जोड्न पहल गर्नुपर्ने कुरामा जोड समेत दिएका थिए ।

नबबिहानी सहकारीले गरिबको रेखामुनी रहेका जनतालाई कसरी माथी उकास्न सकिन्छ भनेर विभिन्न कार्यक्रमहरु संचालन गरिरहेकोले आगामी दिनमा पनि त्यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने प्रमुख सिंहले बताए ।
सहकारी संस्था मार्फत विभिन्न कार्यक्रमहरु संचालन गर्दा स्थानीय स्तरमा स्वरोजगार सृजना गर्न सहयोग पुग्ने दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजी सिंह खड्काले बताए । गाउँघरमा रहेको सहकारीमा सबैले बचत गर्ने बानिको बिकास गर्न समेत आवश्यक रहेको बताए ।

सहकारी संस्थाले गर्दा स्थानीय स्तरमा रहेको श्रोत साधान बाहीर जानबाट बच्नुका साथै स्थानीयहरुलाई गाह्रो अप्ठ्यारोमा सहजता हुने गरेको शिखर नगरपालिकाका नगर प्रमुख दिर्घ बहादुर बलायरले बताए । उनले भने पहीले हाम्रा पुर्खाहरु आफुसंग भएको रुपयाँ पैसा घरमा, लुगाकपडामा राख्ने गर्थे त्यो त्यती सुरक्षित हुने थिएन चोरी हुने हराउने हुन्थ्यो भने अब तपाईहरुको घर आगनमै रहेको सहकारीमा जम्मा गर्दा पैसा सुरक्षित रहनुका साथै दुई पैसा ब्याज आउने भएकोले फाईदै फाईदा रहेको बताए ।

स्थानीय स्तरमा भएको श्रोत साधनको सही सदुपयोग गर्न युवाहरु जागरुक हुन आवश्यक रहेको आदर्श गाउँपालिकाका अध्यक्ष गणेश बहादुर खड्काले बताए । सभालाई सम्बोधन गर्दै अध्यक्ष खड्काले सहकारी संस्था मार्फत स्थानीय स्तरमा विभिन्न कार्यक्रमहरु संचालन गर्दा गाउँघरमा स्वरोजगारका बाटाहरु खुल्ने समेत बताए । नब बिहानी बचत तथा ऋण सहकारी संस्था डोटी जिल्लाको नमुना सहकारीको रुपमा रहेको प्रशंसा समेत गरेका थिए ।
स्थानिय सरकारले गाउँगाउँमा सहकारी अभियान संचालन गर्न आवश्यक रहेको बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमल गड्सिलाले बताए । नबबिहानी सहकारी संस्थाले स्थापना गरेको सहकारी जिल्लाको नमुना सहकारीको रुपमा स्थापीत भएकोले अरु सहकारीले पनि सीको गर्नुपर्ने बताए । नबबिहानी सहकारी संस्थाको सफलताको शुभकामना समेत ब्यक्त गरेका थिए ।
डोटी जिल्लाको नमुना सहकारीको रुपमा स्थापीत भई स्थानीयबासीका साना तिना समस्या समाधान गर्न महत्वपूर्ण भूमिका निबार्ह गर्दै आईरहेकोले नबबिहानी संहकारी संस्थाको आवश्यक भौतिक संरचना निमार्ण लगाएत आवश्यकता अनुसार पालिकाले पूर्ण सहयोग गर्ने केआई सिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्र बहादुर शाहीले बताए ।
कार्यक्रमका सभाध्यक्ष समेत रहेका नब बिहानी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अजुर्न बहादुर बलायरले सबैको साझा प्रयास मीहनत र सहयोगले गर्दा जिल्लाको नमुना सहकारी हुन सफल भएको बताए । उनले भने सहकारी स्थापना गर्नु भन्दा यसलाई दिगो रुपमा ब्यवस्थापन गदै जोगायर जानु महत्वपूर्ण रहेको बताए । नबबिहानी तपाईहरुकै सहकारी हो तपाईहरु आउनुहोस के गरौ कसरी अघाडी जाउँ के गर्दैछ भनेर सबैले चासो चिन्ता दिन आवश्यक रहेको समेत अध्यक्ष बलायरले बताए ।
अध्यक्ष बलायरले सहकारीले आयोजना गरेको बार्षिक साधारण सभा कार्यक्रम र सहकारीका विभिन्न कार्यक्रममा सहयोग गरेको भन्दै जिल्लाका विभिन्न पालिकाका प्रमुख, उपप्रमुख, वडा सदस्य नागरिक समाज, पत्रकार, शिक्षक बुद्धीजिबी स्थानीयहरुलाई धन्यबाद दिएका थिए ।

आज भन्दा १२ वर्ष पहिले २९ जना शेयर सदस्यसहित १ लाख ४५ हजार लगानीमा सुरुवात गरेको सहकारी संस्थामा हाल ७ सय ७५ जना शेयर सदस्यहरु रहेको नबबिहानी बचत तथा ऋण सहकारी संस्थाका ब्यवस्थापक लोक बहादुर बलायरले बताए । के आइ सिंह गाउँपालिका वडा नम्बर ६ र ७ का अधिकांश सबै शेयर सदस्यरहेको सहकारीले प्रभु रेमिट्रान्स र आफ्नै गाउँघरमा ब्यवसाय गर्नेलाई सहुलेत दरमा ऋण दिने गरेको समेत बताए । सहकारी संस्थाको कुल कारोबार पुजी १ करोड ९० लाख रहेको समेत बलायरले बताए ।
भूमिराज माबीमा आयोजना गरेको बार्षिक साधारण सभा कार्यक्रममा जनप्रतिनिधीहरु, नागरिक समाज,राजनितीक दल, पत्रकार र स्थानियहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रममा सुदुरपश्चिमका डेउडा गायक भुवन प्रसाद दाहाल, गायक हरीसुधामा जैसी, शेर साउद र स्थानीय कलाकारहरुले आफ्ना प्रस्तुती राखेका थिए ।नब बिहानी बचत तथा ऋण सहकारी संस्थाको १२ औं बार्षिक साधारण सभा कार्यक्रमको सञ्चालन पत्रकार रश्मि कुँवरले गरेकी थिइन् ।

Salmuni
Leave A Reply

Your email address will not be published.