धनगढी -नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशमा संसदिय दलको नेतामा पोलिटब्युरो सदस्य तथा सुदूरपश्चिम प्रदेश ईञ्चार्ज खगराज भट्ट संसदिय दलको नेतामा चयन भएका छन् ।
माओवादी केन्द्र संसदिय दलको आइतबार धनगढीमा बसेको बैठकले भट्टलाई संसदीय दलको नेता चुनेको प्रदेश सभा सदस्य शिब सिं ओलीले जानकारी दिएका हुन् ।
सत्ता समिकरणको केन्द्रीय भागबण्डा अनुसार पनि सुदूरपश्चिम माओवादी केन्द्रले नेतृत्व गर्ने प्रारम्भीक खाका तयार भएका कारण पनि माओवादी केन्द्रको दलको नेतामा आकांक्षिको संख्या बढेको थियो।