Sujang

धनगढीको एक सहकारीमा चोरी

Ban

धनगढीः धनगढीको एक सहकारीमा चोरी भएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर १९ फुलवारीस्थित एक सहकारीमा चोरी भएको हो।

Krishi

मंगलबार राति सुर्मा साईपाल ऋण तथा बचत सहकारीको फूलवारी शाखामा चोरी भएको बताइएको छ। सहकारीको सटरको ताल्चा तोडेर अज्ञात समूहले नगद चोरी गरेको सहकारीका शाखा सञ्चालक कुम्भ गिरीले जानकारी दिए।लकरमा राखिएको एक लाख ९७ हजार ६ सय ४८ रकम चोरी भएको उनले बताए।

यता, प्रहरीले भने चोरको खोजतलासमा खटिएको जनाएको छ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.