भदौ २३ –डेंगुबाट कैलालीको टीकापुरकी एक बालिकाको मृत्यु भएको छ ।
टीकापुर नगरपालिका वडा नम्बर ६ आमवासाकी १२ वर्षीया बालिकाको मृत्यू भएको टीकापुर नगरपालिका स्वास्थ्य शाखा संयोजक वलबहादुर रावलले जानकारी दिए ।
उनको उपचारका क्रममा वुधवार साँझ नै नेपालगंज भेरी अस्पतालमा मृत्यु भएको र आफूकहाँ आजमात्र खबर आएको संयोजक रावलले वताए ।
सिकिस्त बिरामी भएका कारण बालिकालाई १९ गतेदेखि भेरी अस्पतालको आइसीयूमा उपचारका लागि भर्ना गरीएको थियो ।
यसअघि धनगढी उपमहानगरपालिका वडा नम्बर १२ की ३५ वर्षीया गीता शाहीको डेंगुका कारण मृत्यु भएको थियो ।