Sujang

संविधान, लोकतन्त्र, विधिको शाशनका लागि यो गठबन्धन दश÷पन्ध्र बर्ष रहने पन्धानमन्त्री देउवाको भनाई

Ban

अछाम- प्रधानमन्त्री शेर बहादुर देउवाले यो गठबन्धन दश, पन्ध्र बर्ष नै कायम रहने बताउनु भएको छ । संविधान, लोकतन्त्र, विधिको शाशन र राष्ट्रिय स्वाधीनताका लागि गठबन्धन कायम रहने प्रधानमन्त्री देउवाको भनाई छ । अछामको मंगलसेनमा भएको सत्तारुढ गठबन्धन दलको चुनावी कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले सो कुरा बताउनु भएको हो ।

अछामको चौरपाटी र मंगलसेनमा गरी दुई कार्यक्रमलाई सम्बोधन गर्नुभएका प्रधानमन्त्री तथा कांग्रस सभापति देउवाले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली ले दुईददुई पटक संसद विघटन गरी संविधान उल्लंघन गर्नुभएकोले यो गठबन्धन बनाउनु परेको बताए ।

सुदूरपश्चिम क्षेत्रको विकासका लागि आफु निरन्तर लागिरहेको भन्दै अब पश्चिम सेतीको निर्माण कार्य पूरा हुने बताए । पश्चिम सेती, महाकाली पञ्चेश्वर, कैलाशखोला लगायतका जलविद्युत आयोजना पूरा गरी भारतलाई बिजुली बेचेर आर्थिक सम्बृद्धि गर्ने उहाँको भनाई छ ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महर, माओवादी केन्द्रका राम प्रसाद तिमिल्सैना, अछाम जिल्लाका गठबनधनका उम्मेद्धार पुष्प बहादुर शाह, अक्कल रावल, मान बहादुर रावल लगायतले आफ्ना प्रतिबद्धता राख्नुभएको थियो ।

samajik
Salmuni
Leave A Reply

Your email address will not be published.