Sujang

एमाले छाडेर ६७ जना कांग्रेसमा

Ban

अत्तरिया–लोकतान्त्रिक–बाम गठबन्धनको चुनावी अभियानको लहर चलिरहेका बेला गोदावरी नगरपालिका वडा नम्बर ६ र ७ मा एमालेका कार्यकर्ताले पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गरेका छन् । कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा लोकतान्त्रिक–बाम गठबन्धनको चुनावी भेटघाट कार्यक्रममा ६७ जना एमालेका कार्यकर्ताहरुले नेकपा एमाले परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । सोमबार हरैयामा आयोजित चुनावी भेटघाट कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार तथा प्रदेश सभापति वीरबहादुर बलायर र प्रदेश सभा सदस्य पदका उम्मेदवार प्रकाशबहादुर बमको हातबाट टीका माला ग्रहण गर्दै उनीहरु कांग्रेसमा प्रवेश गरेका हुन् ।

samajik
Salmuni
Leave A Reply

Your email address will not be published.