Sujang

डोटीमा ७ किलो चरेससहित दुई जना पक्राउ

Ban

मंसिर ११, डोटी : डोटीबाट प्रहरीले ७ किलो ८५ ग्राम लागुऔषध चरेससहित बझाङ निवासी २ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार पक्राउ पर्नेमा बझाङको  दुर्गाथली गाउपालिका–५ जाफ्रीका २८ वर्षीय वीरेन्द्र जप्रेल र ४८ वर्षीय ओमजंगबहादुर कडायत रहेका छन् ।

Krishi

उनीलाई जिल्लाको जोरायल गाउँपालिका–२, बुडर मिलचौराहस्थित बुडर–जोगबुढा भित्री सडकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, डोटीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रणबहादुर चन्दले जानकारी दिए ।

चन्दका अनुसार वीरेन्द्रले चलाएको चलाएको बा ७७ प ८७०२ नम्बरको मोटरसाइकलको पछाडि बसेका ओमजंगले बोकेको झोलामा लुकाइछिपाइ राखेको अवस्थामा चरेस बरामद भएको हो ।

उनीहरूलाई लागुऔषध ब्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय, बुडरको संयुक्त टोलीले शंकाका आधारमा खानतलासी गर्दा पक्राउ गरेको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Salmuni
Leave A Reply

Your email address will not be published.