

मंसिर १० ,डोटी : डोटीमा चार उद्यमी सम्मानित हुनुभएको छ।
‘औद्योगिक वातावरण सुधार : दिगो अर्थतन्त्र आधार ‘ भन्ने मुलनाराका साथ घरेलु तथा साना उद्योग कार्यालय डोटीको आयोजना गरिएको बाह्रौं उद्योग दिवसका अवसरमा उद्यमशीलताको विकास र प्रवर्द्धनमा योगदान पुर्याउँदै आएका उद्यमीहरूलाई सम्मान गरिएको हो।
सम्मानित हुनेहरूमा हाेटल खप्तडक भ्युका संचालक दिपक बहादुर खड्का ,राम सिंह बिश्वकर्मा,गोपाल सिंह भाट
र न्यू एराका संचालक खेम चन्द भएका छन्।

स्थानीय स्रोत, साधन र सीपको प्रयोग गर्दै आफ्नै गाउँठाउँमा केही गर्नुपर्छ भन्ने उद्देश्यका साथ उद्यम व्यवसाय सञ्चालन गरिरहनुभएका उद्यमीहरूको योगदानको कदर गर्दै सम्मान गरिएको घरेलु तथा साना उद्योग कार्यालय डोटीका प्रमुख लक्ष्मणराज जोशी बताउनुभयो।
उहाँले यस्ता सम्मानले स्थानीयस्तरमा उद्यम व्यवसाय सञ्चालन गरिरहेका व्यक्तिहरूलाई थप हौसला र प्रोत्साहन मिल्नुका साथै नयाँ उद्यमीहरूलाई समेत स्वरोजगार तथा उत्पादनमूलक क्षेत्रमा लाग्न प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो।
स्थानीयस्तरमा उपलब्ध कच्चा पदार्थ, सीप र श्रमको सदुपयोग गर्दै सञ्चालन गरिएका यस्ता उद्योगले रोजगारी सिर्जना, स्थानीय उत्पादनको प्रवर्द्धन तथा आर्थिक आत्मनिर्भरतामा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
त्यस्तै सोही अवसरमा कार्यालयका कर्मचारी द्वय उदय भट्ट
र शंकर वाेगटिलाई सम्मान गरिएको थियोे ।
