Sujang

विपद्को घडीमा स्वास्थ्य क्षेत्रको सामाजिक उत्तरदायित्व : नेशनल प्याथ ल्याबद्वारा १५ लाख ५५ हजार ५५५ सहयोग

रसुवा, नुवाकोट र धादिङमा पुनर्निर्माण तथा पुनःस्थापनाका लागि थप रु. २० लाखसम्म सहयोग गर्ने प्रतिबद्धता

Ban

भदौ १८, काठमाडौ : भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, पुनर्निर्माण तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले नेशनल प्याथ ल्याब एन्ड रिसर्च सेन्टरले रु. १५ लाख ५५ हजार ५५५ सहयोग गरेको छ।

ल्याबले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ।
बाढी तथा पहिरोजस्ता विपद्का कारण प्रभावित क्षेत्रमा दूषित पानी, सरसफाइको अभाव तथा विभिन्न संक्रामक रोग फैलिने जोखिम बढ्ने भएकाले स्वास्थ्य क्षेत्रसँग प्रत्यक्ष जोडिएको संस्थाका रूपमा सामाजिक उत्तरदायित्व निर्वाह गर्दै सहयोग गरिएको ल्याबले जनाएको छ।
स्वास्थ्य सुरक्षालाई प्राथमिकता

Krishi

विपद्को समयमा राहत सामग्रीसँगै नागरिकको स्वास्थ्य सुरक्षा, रोगको पहिचान तथा रोकथाम पनि उत्तिकै महत्वपूर्ण हुने ल्याबको भनाइ छ। स्वास्थ्य क्षेत्रमा कार्यरत संस्थाले आफ्नो स्रोत, सेवा र विशेषज्ञतालाई विपद्का समयमा सामाजिक हितमा परिचालन गर्नुपर्नेमा नेशनल प्याथ ल्याबले जोड दिएको छ।
यसैलाई मध्यनजर गर्दै ल्याबले तत्कालीन राहतमा मात्र सीमित नभई प्रभावित क्षेत्रको दीर्घकालीन पुनर्निर्माण तथा पुनःस्थापनामा समेत सहयोग गर्ने योजना अघि सारेको हो।
नेशनल प्याथ ल्याबका प्रबन्ध निर्देशक पवन जोशीले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लाका शैक्षिक, स्वास्थ्यलगायतका क्षेत्रमा समुदायस्तरमा सञ्चालन हुने विभिन्न कार्यक्रममार्फत चरणबद्ध रूपमा थप रु. २० लाखसम्म सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

सरकारसँग सहकार्य गर्दै समुदायसम्म पुग्ने

विपद् व्यवस्थापन तथा प्रभावित नागरिकको पुनःस्थापनामा सरकारको प्रयासलाई निजी क्षेत्रको सहकार्य र सामाजिक उत्तरदायित्वले थप प्रभावकारी बनाउन सक्ने नेशनल प्याथ ल्याबको विश्वास छ।
कम्पनीले आगामी दिनमा सरकार, स्थानीय समुदाय तथा सम्बन्धित सरोकारवालासँग सहकार्य गर्दै प्रभावित क्षेत्रको आवश्यकता पहिचान गरी सहयोगलाई निरन्तरता दिने जनाएको छ।
अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा नेशनल प्याथ ल्याब एन्ड रिसर्च सेन्टरका तर्फबाट सञ्चालक समिति सदस्य शरद भुसाल र सञ्चालक अस्मिता अधिकारीले सहयोग रकम अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका थिए।

नेशनल प्याथ ल्याबले स्वास्थ्य सेवा प्रदान गर्नुका साथै सामाजिक सेवाको भावनालाई आत्मसात् गर्दै विपद्, स्वास्थ्य संकट तथा समुदायको आवश्यकताका समयमा आफ्नो स्रोत, सेवा र विशेषज्ञतालाई सामाजिक हितमा परिचालन गर्ने प्रतिबद्धता जनाएको छ।

Salmuni
Leave A Reply

Your email address will not be published.