Sujang

भोटेकोशी बाढी पीडितका लागि रम्भा देवी ट्रान्सपोर्टका सञ्चालक बमद्वारा ५१ हजार सहयोग

Ban
Krishi

भदौ १३ गते ,कैलाली : भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित तथा पीडितको राहतका लागि रम्भा देवी ट्रान्सपोर्टका सञ्चालक यम बहादुर बमले ५१ हजार १ सय एघार रुपैयाँ सहयोग गर्नुभएको छ।
रम्भा देवी ट्रान्सपोर्टका सञ्चालक बमले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ हजार १ सय ११ रुपैयाँ जम्मा गर्नुभएको हो। बाढीपीडितलाई राहत तथा उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम सहयोग गरिएको उहाँले बताउनु भयो ।

बमले विपद्को समयमा पीडितलाई सहयोग र सम्बन्धित निकाय सँगै सर्वसाधारणलाई समेत आफ्नो क्षमताअनुसार सहयोग गर्न आग्रह गर्नुभएको छ।
बाढी तथा प्राकृतिक विपद्का कारण ठूलो क्षति पुगेका बेला व्यक्तिगत तथा संस्थागत रूपमा राहत कोषमा सहयोग गर्ने क्रम बढिरहेको छ।

Salmuni
Leave A Reply

Your email address will not be published.