Sujang

भोटेकोशी बाढी पीडितका लागि व्यवसायी लालबहादुर बमद्वारा ५० हजार सहयोग

Ban
Krishi

भदौ १३ गते ,कैलाली : भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित तथा पीडितको राहतका लागि कैलालीको लम्कीचुहा नगरपालिका–१०, चुहाका व्यवसायी लालबहादुर बमले ५० हजार रुपैयाँ सहयोग गर्नुभएको छ।
ए.एस.के. ट्रेडर्सका सञ्चालकसमेत रहेका बमले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० हजार १ रुपैयाँ जम्मा गर्नुभएको हो। बाढीपीडितलाई राहत तथा उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम सहयोग गरिएको उहाँले बताउनु भयो ।
बमले विपद्को समयमा पीडितलाई सहयोग र सम्बन्धित निकाय सँगै सर्वसाधारणलाई समेत आफ्नो क्षमताअनुसार सहयोग गर्न आग्रह गर्नुभएको छ।
बाढी तथा प्राकृतिक विपद्का कारण ठूलो क्षति पुगेका बेला व्यक्तिगत तथा संस्थागत रूपमा राहत कोषमा सहयोग गर्ने क्रम बढिरहेको छ।

Salmuni
Leave A Reply

Your email address will not be published.