Sujang

डोटीको सिलगढीमा म:म पसलमा आगलागी हुँदा ६ लाख बढीको क्षति

Ban

वैशाख ६ ,डोटी – डोटीको दिपायल सिलगढी नगरपालिका–६ स्थित एक मःमः पसलमा शनिबार राति आगलागी हुँदा करिब ६ लाख रुपैयाँ बराबरको क्षति भएको छ।
जिल्ला प्रहरी कार्यालय, डोटीका अनुसार बडिकेदार गाउँपालिका–३ घाङल घर भई हाल सिलगढी बस्दै आएका लक्ष्मण विष्टले सञ्चालन गर्दै आएको ‘देउराली मःमः सेन्टर’ मा राति अन्दाजी २:५० बजेतिर विद्युत् सर्ट भएर आगलागी भएको हो।

Krishi

आगलागीको सूचना प्राप्त हुनासाथ प्रहरी नायव निरीक्षक नारायण दत्त पन्तको कमाण्डमा १५ जनाको प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरी, दमकल र स्थानीयवासीको संयुक्त प्रयासमा आगो करिब ३:३० बजे नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

आगलागीबाट पसलभित्र रहेका डिप फ्रिज, फ्रिज, काठका फर्निचर, खाद्यान्न, भाँडावर्तन, लत्ताकपडा तथा नगदसमेत जलेर पूर्ण रूपमा नष्ट भएका छन्। उक्त घटनाबाट अन्दाजी ६ लाख रुपैयाँ बराबरको क्षति भएको छ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.