Sujang

सम विकास केन्द्र डोटीको वार्षिक सामाजिक परीक्षण कार्यक्रम सम्पन्न

Ban

सुबास नेपाली ,कार्तिक २८ गते डोटी :सम विकास केन्द्र डोटीले सञ्चालन गर्ने वार्षिक सामाजिक परीक्षण कार्यक्रम सिलगढीमा सम्पन्न भएको छ।

संस्थाले वर्षभर अघि बढाएको संस्थागत तथा परियोजनात्मक गतिविधिहरूको विवरण सेवा प्रदायक तथा सरोकारवालाहरूसमक्ष सार्वजनिक गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको अध्यक्ष केशव परियारले जानकारी दिए।

कार्यक्रममा संस्थाले चालु वर्षमा सञ्चालन गरेका कार्यक्रम, प्राप्त उपलब्धि, सामना गरेका चुनौती तथा आगामी योजनाबारे विस्तृत प्रस्तुति गरिएको थियो। सहभागीहरूले संगठनका कार्यहरूमा पारदर्शिता, उत्तरदायित्व र प्रभावकारिता बढाउन सुझावसमेत प्रदान गरेका थिए।

दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजी सिंह खड्काले सम विकास केन्द्रले जिल्लामा सामाजिक रूपान्तरणका क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको बताए। “सामाजिक परिवर्तन र समुदाय सशक्तीकरणमा संस्थाले खेलेको भूमिका प्रशंसनीय छ,” उनले भने।

Krishi

जिल्ला समन्वय समितिकी उप-प्रमुख स्मृति चुनाराले संस्थाले लैंगिक हिंसा, जातीय छुवाछुत, सुशासन, पारदर्शिता र जनउत्तरदायित्वजस्ता संवेदनशील क्षेत्रमा प्रभावकारी काम गर्दै आएको बताइन्।

नेपाल पत्रकार महासंघ डोटीका अध्यक्ष प्रकाश बमले सामाजिक परीक्षण कार्यक्रममा बोल्दै सम विकास केन्द्रले वर्षभरि गरेका गतिविधिहरू सार्वजनिकरूपमा प्रस्तुत गर्नु पारदर्शिता र उत्तरदायित्वको अभ्यास भएको बताउदै सामाजिक परीक्षणले विकासका काममा खुलापन ल्याउँछ, सुधारका क्षेत्र पहिचान गर्छ, र नागरिक तथा सरोकारवालाबीच आपसी विश्वास निर्माणमा सहयोग पुर्‍याउने बताएका छन् ।

सुशासन, लैंगिक समानता, सामाजिक न्याय र समुदाय सशक्तीकरणको क्षेत्रमा संस्थाले गरेको योगदान उल्लेखनीय रहेकोे उनले बताए ।

अध्यक्ष परियारका अनुसार संस्थाले विगतदेखि नै महिला अधिकार, लैंगिक समानता, न्यायमा पहुँच, स्थानीय तहमा नागरिक सहभागिता, गुणस्तरीय शिक्षा, वातावरणीय दिगोपनालगायत क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।

कार्यक्रमको सहजीकरण अधिवक्ता तथा पत्रकार नवराज जोशीले गरेका थिए। कार्यक्रममा नगर प्रमुख खड्का, जिल्ला समन्वय समिति उप-प्रमुख चुनारा, नेपाल पत्रकार महासंघ डोटीका अध्यक्ष बम, सुरक्षा निकायका प्रतिनिधि, पत्रकार, सरोकारवाला संस्था तथा स्थानीय समुदायका प्रतिनिधिको उल्लेखनीय उपस्थिति रहेको थियो।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.