Sujang

गोदावरी र पुनर्वास नगरपालिकालाई सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा प्रिन्टर सहयोग

Ban

कार्तिक १४ गते ,कैलाली: सुदूरपश्चिमेली नेपाली समाज भारत केन्द्रीय समितिले जेन्जी आन्दोलनका क्रममा भएको आगजनीबाट प्रभावित गोदावरी नगरपालिका र पुनर्वास नगरपालिकालाई एक–एक थान प्रिन्टर सहयोगस्वरूप हस्तान्तरण गरेको छ।

Krishi

शुक्रबार दुवै नगरपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा नगरप्रमुखलाई सहयोग सामग्री हस्तान्तरण गरिएको हो। आगजनीपछि नगरपालिकाको दैनिकी कामकाज सहज बनाउन र तत्कालीन आवश्यकता पूरा गर्न सहयोग गरिएको समाजका केन्द्रीय अध्यक्ष महादेव भट्टले जानकारी दिए।

उनका अनुसार, समाजले विगतदेखि नै मानवियतामूलक सेवा र सहयोगका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।

सहयोग हस्तान्तरण कार्यक्रममा सुदूरपश्चिम नेपाली अन्तर्राष्ट्रिय समितिका सचिव डम्बर खड्का, समाजका संरक्षक दीपक प्रकाश मल्ल, सुदूरपश्चिमेली नेपाली समाज भारतका केन्द्रीय अध्यक्ष महादेव भट्ट, दिल्ली राज्य सदस्य लक्ष्मी चन्दलगायतको उपस्थिति रहेको थियो।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.