Sujang

सडक अवरुद्ध हुँदा यात्रुलाई सास्ती

Ban

भाद्र १८ डोटी: डोटीको बडीकेदार गाउँपालिका वडा नम्बर २ अन्तरगत रहेको नेटेखान गर्बुजा सडेखान खरहर हुँदै विर्खेत जोड्ने सडक अवरुद्ध हुँदा स्थानीय बासीलाई यातायातमा समस्या हुनुका साथै निमार्णाधिन ठुलिगाड खोला जलविद्युत आयोजना समेत प्रभावित बनेको छ ।
बर्सातको समयमा वर्षा र सुख्खा याममाको समयमा सुख्खा पहिरो जाने कारणले यातायातमा सधैँ हैरानी खेप्नु गरेको स्थानीय बासीले बताएका छन् ।
सडक नियमित रूपमा सुचारु हुन नसक्दा स्थानीय स्तरमा उत्पादित कृर्षि उपजका सामाग्रीहरू बजार सम्म पुर्‍याउन गाह्रो हुने गरेको स्थानीयले बताएका छन् । उक्त सडकलाई पालिकाले र ठुलिगाड खोला जलविद्युत आयोजनाले समय समयमा मर्मत कार्य गरेको भए पनि भौगोलिक विकटताका कारण सडक नियमित रूपमा सुचारु हुन सकिरहेको छैन ।
उक्त सडकलाई नियमित रूपमा सुचारु गर्न विपीनगर देखि ठुलीगाडको किनार हुँदै सडक निमार्ण कार्यलाई निरन्तरता दिन सके सडक नियमित रूपमा सुचारु हुनुका साथै यातायातमा सहज पहुँच हुने खरहरका स्थानीय बासीले बताएका छन् ।

Krishi

उक्त सडक आयोजना तर्फ बाट पटक–पटक सफाइ गर्दा पनि बारम्बार अवरुद्ध हुने हुँदा निर्माणाधीन ठुली गाड खोला जलविद्युत आयोजना (१७ मे.वा.) को काममा समेत बाधा पुगेको र निर्धारित समयमा काम सु–सम्पन्न गर्न कठिन हुने ठुली गाड खोला जलविद्युत आयोजनाका जन सम्पर्क अधिकृत धन बहादुर बोहराले बताएका छन् ।

स्थानीय तह हुनुभन्दा पहिले कोदालीद्वारा निमार्ण गरिएको उक्त सडक सडक २०७४ सालको स्थानीय तहको निर्वाचन पश्चात् बडीकेदार गाउँपालिकाले नेटेखान गर्बुजा हुँदै खरहर जोडेको थियो ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.