Sujang

नेपाल स्वास्थ्यकर्मी संघ डोटीको चौथो अधिवेशन सम्पन्न ,अध्यक्षमा माझी

Ban

भदौ १ गते, डोटी :नेपाल स्वास्थ्यकर्मी संघ डोटीको चौथो अधिवेशन सम्पन्न भएको छ।

शनिवार स्वास्थ्य निर्देशनालय राजपुरको सभा हलमा संघको चौथो अधिवेशन सम्पन्न भएको हो ।

नेपाल स्वास्थ्यकर्मी संघ डोटीका अध्यक्ष अर्जुन बलायरको अध्यक्षतामा आयोजित अधिवेशनको उद्घाटन सत्रमा नेपाली काँग्रेस डोटीका कार्यवाहक सभापति एवं दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख विषय खड्का प्रमुख अतिथि रहेका थिए ।

त्यस्तै विशिष्ट अतिथि शिखर नगरपालिकाका नगर प्रमुख दीर्घ बहादुर बलायर रहेका थिए ।

उक्त कार्यक्रम बोल्दै कार्यक्रमका प्रमुख अतिथि खड्काले स्वास्थ्यकर्मीहरू राष्ट्रका मेरुदण्ड बताएको बताउँदै कोभिड महामारीदेखि लिएर दैनिक स्वास्थ्य सेवासम्म, विकट क्षेत्रका जनतालाई सेवा पुर्‍याउँदै समाजमा अतुलनीय योगदान पुर्‍याउँदै आउनु भएको कार्य सह्रानीय भएको बताए । स्वास्थ्य कर्मीको सेवा भावना, मेहनत, र निष्ठाले स्वास्थ्य प्रणालीलाई बलियो बनाउँदै लगेको उनले बताए ।

स्थानीय सरकार स्वास्थ्यकर्मीहरूको सधैँ साथमा रहेको खड्काले बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै शिखर नगरपालिका नगर प्रमुख बलायरले स्वास्थ्यका क्षेत्रमा विगत देखि अहिलेसम्म निरन्तर रूपमा आवश्यक सहयोग गरिरहेको बताए । स्वास्थ्यका क्षेत्रमा स्वास्थ्य कर्मीहरूले दिईरहेकोे सेवाको प्रशंसा गर्दै आगामी दिनमा पनि जनताको घर दैलो गएर स्वास्थ्य सेवाबाट लिनबाट छुट्ने छैनन् भन्ने बलायरले विश्वास व्यक्त गरे ।

Krishi

स्वास्थ्य क्षेत्रमा स्वास्थ्यकर्मीहरूले दिइरहेको सेवाको प्रशंसा गर्दै, नगर प्रमुख बलायरले आगामी दिनमा पनि स्वास्थ्य सेवा जनताको घरदैलोमा पुर्‍याइनेछ र कोही पनि नागरिक सेवा लिनबाट वञ्चित हुने छैनन् भन्ने विश्वास व्यक्त गरे।

त्यस्तै कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष प्रकाश बम , नेपाल स्वास्थ्यकर्मी संघ पूर्व अध्यक्ष हरिस शाह, नेपाल प्रेस युनियनका अध्यक्ष चक्र कुवर लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

नेपाल स्वास्थ्यकर्मी संघको अध्यक्षमा माझी

नेपाल स्वास्थ्यकर्मी संघ डोटीको अध्यक्षमा नवीन माझी निर्वाचित भएका छन् । शनिवार स्वास्थ्य कर्मी संघको स्वास्थ्य निर्देशनालय राजपुरमा सम्पन्न चौथो अधिवेशनबाट माझीको नेतृत्व २० सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो ।

खुला उपाध्यक्षमा लक्ष्मी विनाडी र ललिता ऐर निर्वाचित भएका छन् । उपाध्यक्षमा गोरखनाथ बुढा, मोहन बहादुर कठायत, निर्मला बोगटी र रघु सुनार निर्वाचित भएका छन् ।

सचिवमा टेक खड्का र कोषाध्यक्षमा दीपक बलायर निर्वाचित भएका छन् । सह-सचिवमा कवीन्द्र भण्डारी, लालदेव सहनी, वासुदेव रावल र भक्त टमटा निर्वाचित भएका छन् ।

खुला सदस्यमा पदम थापा, अमर बहादुर खड्का, नरेन्द्र बहादुर अधिकारी र निरा कुमारी भण्डारी निर्वाचित भएका छन् । त्यस्तै समावेशी सदस्यमा जानु कुमारी माझी र रूपा रावल पुनमगर निर्वाचित भएका छन् ।

अधिवेशनबाट प्रदेश र संघीय अधिवेशन प्रतिनिधि पनि निर्वाचित गरिएको छ । प्रदेश अधिवेशन प्रतिनिधिमा हरिश्चन्द्र शाह, योगेन्द्र शाही, लाल बहादुर खड्का, अमर सिंह भाट, महेन्द्र खड्का र उत्तमराज उपाध्याय निर्वाचित भएका छन् ।

त्यस्तै संघीय अधिवेशन प्रतिनिधिमा कैलाश बहादुर बलायर, गंगा कुमारी माझी, तेज बहादुर खड्का, धर्म सिंह बम, मकर बहादुर खड्का र दीपक बहादुर खड्का निर्वाचित भएका छन् ।

अध्यक्ष माझी केआई सिंह गाउँपालिका पालिका स्वास्थ्य शाखा प्रमुखको रूपमा कार्यरत छन् ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.