Sujang

एसइईमा पालीले गरिन् डोटी टप ,ल्याइन् ३.९६ जिपिए

Ban

असार १४ गते ,डोटी: डोटीको पद्यम पब्लिक मुक्ति नारायण माध्यमिक विद्यालय, सिलगढीकी छात्रा कञ्चन पालीले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८१ मा ‘जिल्ला टप’ गरेकी छन्।

राष्ट्रिय परीक्षा बोर्डले शुक्रवार साँझ प्रकाशित गरेको नतिजाअनुसार पालीले जिल्लामै सर्वोत्कृष्ट नतिजा ल्याउन सफल भएकी हुन्।

उनले ३.९६ जिपिए प्राप्त गरी जिल्लामै सर्वोत्कृष्ट नतिजा ल्याउन सफल भएको शिक्षा विकास तथा समन्वय इकाई डोटीका निमित्त इकाई प्रमुख ममता पालले जानकारी दिइन्।

Krishi

जोरायल गाउँपालिका–४ बिनोडा स्थायी घर भएकी पालीले एसइई परीक्षामा डोटी जिल्लाको इतिहासमा अहिलेसम्मकै सर्वोत्कृष्ट नतिजा ल्याउन सफल भएको सो विद्यालयका प्रधानाध्यापक केशव ओझाले जानकारी दिए।

त्यस्तै राधाकृष्ण माध्यमिक विद्यालय गोपघाटका नीराजन बलायरले ३.९२ जिपिएसहित जिल्लामै दोस्रो भएका छन्। यसै गरी केदारेश्वर माध्यमिक विद्यालय कपल्लेकीका वैभव कार्कीले जिल्लामा तेस्रो भएका छन्। उनले ३.९० जिपिए ल्याएका छन्।

Salmuni
Leave A Reply

Your email address will not be published.