Sujang

बोगटानमा किशोरीहरुको लागि तीन दिने उद्घोषण एवम पत्रकारिता तालिम सम्पन्न

Ban

जेठ २१ गते ,डाेटी: बोगटान फूडसिल गाउँपालिकामा विभिन्न वडाका २४ किशोरीहरुले तीन दिने उद्घोषण एवम आधारभूत पत्रकारिता तालिम लिएका छन्।

नेपाल पत्रकार महासंघ डोटी शाखाको आयोजना तथा बोगटान फूडसिल गाउँपालिकाको सहयोगमा संचालित तीन दिने उद्घोषण एवम आधारभूत पत्रकारिता तालिम बुधबार सम्पन्न भएको छ ।

जेठ १९ गते देखि २१ सम्म संचालित महिला संग उपाध्यक्ष कार्यक्रम अन्तर्गत गरिएको सो तालिमको बुधबार समापन गरिएको छ ।

नेपाल पत्रकार महासंघ डोटी शाखाका अध्यक्ष प्रकाश बमको सभापतित्वमा सम्पन्न सो तालिममा प्रमुख अतिथि बोगटान फूडसिल गाउँपालिका अध्यक्ष कमल गडसिला रहनु भएको थियो ।

पत्रकार महासंघका अध्यक्ष बमले बोगटान फूडसिल गाउँपालिकाका किशोरीहरुको क्षमता विकास एवम महिला पत्रकारहरु उत्पादन गर्ने उदेश्यले तालिमको आयोजना गरिएको बताउनुभयो ।

प्रमुख अतिथी गडसिलाले किशोरीहरुले तालिमबाट सिकेका कुराहरुबाट आफ्नो व्यक्तित्व विकासमा सहयोग पुग्ने अपेक्षा रहेका बताउनु भयो ।

Krishi

उनले आगामी आर्थिक बर्षबाट पत्रकारिता पढ्ने चाहने पाँच जना किशोरीहरुलाई पूर्ण छात्रबृतिमा पढाउने घोषणा समेत गर्नुभयो ।

साथै अध्यक्ष गडसिलाले तालिम लिन किशोरीहरुलाई उद्घोषण कलाको उपयोग गर्न आगामी दिनहरु विद्यालयहरुमा प्राथमिकता दिने गरि प्रधानाध्याकहरुलाई परिपत्र गरिने बताउनुभयो ।

बाेगटान फूडसिल गाउँपालिकाले विगत ४ बर्षदेखि किशाेरीहरूकाे क्षमता विकासका लागि पत्रकारिता सम्बन्धि तालिम महिलासंग उपाध्यक्ष कार्यक्रम अन्तरगत बजेट बिनियाेजन गर्दै आएकाे छ ।

गाउँपालिका उपाध्यक्ष बिष्ना देउबा वमले दुर्गम गाउँमा रहेका किशाेरीहरू अवसर नपाएर प्रतिभाहरू लुकाउन वाध्य रहने अवस्थालाई परिवर्तन गर्न विभिन्न क्षमता विकासका तालिमहरू महिलासंग उपाध्यक्ष कार्यक्रम अन्तरगत संचालन गरिरहेकाेे बताउनु भयाे ।

उपाध्यक्ष वम तालिमकाे उद्घाटन शत्रमा प्रमुख अतिथिका रूपमा रहनु भएकाे थियाे ।

तालिममा पत्रकार मोहन शाही, प्रकाश बम, विक्रम खडका, दिपेन्द्र खड्काले उदघोषण गर्ने सीप कला, ध्यान दिनुपर्ने कुराहरुका सैद्धान्तिक कुराबारे प्रशिक्षण दिदै प्रयोगात्मक अभ्यास समेत गराउनु भएकाे थियाे ।
त्यस्तै आधारभुत पत्रकारीता वारेमा समेत सैद्धान्तिक पक्षमा जानकारी तथा समाचार लेखन समेत गराईएको थियो ।

तालिमका सहभागिहरुका मध्यबाट चन्दु धामी र बिमला बोहराले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा समेत उतारिने प्रतिबद्धता गरे । उनीहरूले आगामी दिनमा पुर्नताजगी तालिमकाे आयाेजना गर्न समेत माग राखे ।

समापन कार्यक्रमकाे संचालन तालिमका प्रशिक्षार्थी रेखा वम र उषा वमले गरेका थिए ।

तालिमको समापन कार्यक्रममा बोगटान फूडसिल गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष चन्द्रमान सुनार, चैतन्य पाठशाला धनगढीका अध्यक्ष गणेशराज जोशी लगायतले तालिममा सहभागि किशोरीहरुको क्षमता विकास देखेर खुसि लागेको बताउनु भएको थियो ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.