Sujang

सेना दिवसको अवसरमा रन फर फन महिला तथा पुरुष दौड प्रतियोगिता हुँदै

Ban

सुबास नेपाली ,फागुन ,१३ गते:महाशिवरात्री तथा २६२ औं सेना दिवसको अवसर पारी यहि १४ गते हुने रन फर फन महिला तथ पुरुष दौड प्रतियोगिताका लागि सोमबार एक कार्यक्रमका बिच टिसर्ट अनावरण गरिएको छ।
खोटाङ स्थित नेपाली सेनाको रण भिम गणको आयोजनामा हुन लागेको दौड प्रतियोगिताका लागि टिसर्ट अनावरण गरिएको संयोजन सेनानी बिपिन नगरकोटीले जानकरी दिए ।

Krishi

दौड दिक्तेल बजारको रत्नपार्क गेट बाट जिल्ला प्रहरी कार्यालय हुँदै दुरसंचार कार्यालय पुगेर जिल्ला अस्पताल हुँदै अल्छे ढुंगा ,सोल्मा हुँदै पुनः अल्छे ढुंगा रत्नपार्क गेटबाट डिभिजन बन कार्यालय हुँदै माटेकोरे खेल मैदान सम्म १० दशमलव ५ किलोमिटर हुने रण भिम गणका गणपति प्रमुख सेनानी केदार प्रसाद लामिछानेले जानकारी दिए ।

प्रतियोगितामा पुरुष तर्फ प्रथम हुनेले १० हजार,दोश्रो हुनेले ७ हजार र तेस्रो हुनेले ४ हजार र महिला तर्फ पहिलो हुनेले ५ हजार ,दोश्रो हुनेले ३ हजार र तेस्रो हुनेले २ हजार नगद पुरस्कार पाउने छन् भने अन्तरविद्यालय छात्र भलिबल प्रतियोगिताको फाइनल खेल अन्तर्गत सरस्वती मावि र महेन्द्रदय मावि बिच हुनुका साथै जिल्लास्थित विभिन्न विद्यालयहरूको सहभागितामा नेपालको सात ओटै प्रदेशको कला, संस्कृति तथा भेषभूषा झल्कनी मृत्य प्रदर्शन हुनुका साथै Why To Join Nepal Army आर्मी सम्बन्धी विविध प्रस्तुतिसहित सांस्कृतिक कार्यक्रम तथा विभिन्न प्रतियोगिताहरूको पुरस्कार वितरण गरी समापन गरिने समेत उक्त गणका गणपतिले बताए ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.