Sujang

पहिरोमा ज्यान गुमाएका धामी परिवारलाई राहत दिने मुख्यमन्त्रीको घोषणा

Ban
भदौ ३ गते,धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले घरमाथिबाट पहिरो खस्दा चार जना गुमाएका बझाङका बीरबहादुर धामीको परिवारलाई राहत दिने भएको छ ।

मुख्यमन्त्री कमलबहादुर शाहले पहिरोमा परेर ज्यान गुमाएको घटनाप्रति दु:ख व्यक्त गर्दै राहत दिने घोषणा गरेका हुन्।

Krishi

शाहले मृतकका परिवारलाई प्रतिव्यक्ति एक लाखका दरले राहत प्रदान गर्ने जारी शोक वक्तव्यमा उल्लेख गरेका छन्।

गएराति घर माथिबाट पहिरो खस्दा बझाङको बुङ्गल नगरपालिका-१० को टुमेडागाउँका बिरबहादुर धामीकी श्रीमती, बुहारी र दुई नातिनीको मृत्यु भएको थियो।
धामीसहितका अन्य ६ जनाले भने भागेर ज्यान जोगाएका थिए ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.