Sujang

७ लाख भन्दा बढी मूल्यका अवैध सामान बरामद

Ban
Krishi

कार्तिक १०, कञ्चनपुर: कञ्चनपुरबाट प्रहरीले करिब ७ लाख ३७ हजार ७५० मूल्य बराबरका अवैध सामान बरामद गरेको छ। प्रहरीले जिल्लाका विभिन्न स्थानबाट भन्सार छलीका सामान बरामद गरेको हो। भीमदत्त नगरपालिका–४ बसपार्क र गोवरियाबाट करिब ७ लाख ३७ हजार ७५० मुल्य बराबरका लेडिज सुट, कुर्ती सेट, कोटको कपडा तथा खाद्य सामग्री, चिनी, मिश्री, गुड लगायत अबैध सामान बरामद गरिएको प्रहरीले जनाएको छ।

ती सामान शुक्रबार बेवारिसे अवस्थामा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले बताए।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.