Sujang

श्रमिक कल्याण कृषि सहकारी संस्था कञ्चनपुरको अध्यक्षमा दिपारानी चन्द

Ban

कञ्चनपुर  :श्रमिक कल्याण कृषि सहकारी संस्था लिमिटेड कञ्चनपुरको १३ औँ वार्षिक साधारण तथा छैटौँ जिल्ला अधिवेशनले  दिपारानी चन्दलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको छ। शनिवार कञ्चनपुर जिल्लाको भाँसिमा गरिएको १३ औँ वार्षिक साधारण सभाले चन्दलाई सर्वसम्मत अध्यक्ष पदमा चयन गरेको हो।

Krishi

जसको उपाध्यक्ष वीर बहादुर विष्ट,सचिवमा दान बहादुर मल्ल,कोषाध्यक्षमा कर्ण बहादुर चन्दलाई चयन गरिएको छ।

सदस्यहरूमा माया विष्ट ,उजेली देवी चौधरी ,प्रताप गिरि ,नर बहादुर चन्द ,दीपेन्द्र बम ,प्रकाश विष्ट र तारा नाथ चयन भएका छन् ।
त्यस्तै लेखा समिति संयोजकमा यज्ञराज जोशी ,सदस्यमा पार्वती देवी मल्ल र बेचनलाल डगौरा चयन भएका छन् । त्यसै गरी ऋण उप समिति संयोजकमा राज बहादुर विष्ट , सदस्यमा जोसना चन्द सिंह र हरि सिंह भण्डारीलाई चयन गरिएको छ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.