Sujang

गाउँपालिका महासंघलाई नमुना बनाएर अगाडी बढ्ने छु – अध्यक्ष शाही

Ban

चक्र सिँ कठायत,डोटी -गाउँपालिका महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष लोकेन्द्र बहादुर शाहीले गाउँपालिका महासंघलाई नमुना बनाएर अगाडी बढ्ने बताएका छन् ।

नेपाल प्रेस युनियन डोटी शाखाले शुक्रवार दिपायलमा आयोजना गरेको बधाई कार्यक्रममा नेपाली काङ्ग्रेसबाट निर्वाचित डोटीको केआईसिंह गाउँपालिकाका अध्यक्ष समेत रहेका शाहीले गाउँपालिका महासंघकोे मर्म अनुसार नमुना काम गरेर अगाडी बढ्ने बताएका हुन् ।

उनले भने,‘ निर्वाचित भए लगत्तै हाम्रो बैठक बसेर गाउँपालिका महासंघको मर्म अनुसार अगाडी बढ्ने कुरामा जोड दिएका छौ । सबै पालिकाको मन जित्ने तरीकाले आफ्नो कार्यकालमा काम गर्ने छु ।’

उनले थपे ,‘ पालिकामा काम गरेको अनुभव छ । पालिकालाई कसरी नमुना बनाउन सकिन्छ लाग्ने छु । निर्वाचित भए लगत्तै प्रदेश सरका मुख्यमन्त्री , मन्त्रिलाई भेटेर पहाडी जिल्लाको बसाइँ सराई, बेरोजगार, वाँजो जमिनलाई रोक्ने उपायका बारेमा समेत छलफल भएको छ । प्रदेश सरकारले सकारात्मक कुरा गर्नु भएको छ ।’

Krishi

सुदूर पश्चिममा सञ्चालनमा रहेका मिडिया हाउसलाई गाउँपालिका महासंघले सक्दो सहयोग गर्ने बताए ।

नेपाली काँग्रेस डोटीका पार्टी सचिव नारायण बलायरले बधाई दिँदै गाउँपालिका महासंघ सुदूरपश्चिम प्रदेशले नमुना कार्य गरेर अगाडी बढ्न सुझाव दिए ।

त्यस्तै कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष मोहन शाहीले धेरै जसो पालिकाहरूले अहिले सम्म पनि स्थानीय सरकारलाई दिएको अधिकार अनुसार कानुन , नीति ,नियम वनाउन नसकेको बताए । यस्ता कुरामा पालिका महासंघलाई जोड दिन अनुरोध गरे ।

नेपाल प्रेस युनियन डोटी शाखाका अध्यक्ष प्रकाश बमको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लामा क्रियाशील पत्रकारहरूको उपस्थिति रहेको थियो ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.