Sujang

डोटीमा खप्तड-शैलेश्वरि अन्तर विद्यालय खेलकुद प्रतियोगिता हुँदै

Ban
डोटी -३०१ औँ पृथ्वी जयन्ती तथा एकता दिवसको उपलक्ष्यमा डोटी जिल्लामा खप्तड -शैलेश्वरि अन्तर विद्यालय खेलकुद प्रतियोगिता २०७९ को आयोजना गरिने भएको छ।
डोटी स्थित नेपाली सेनाको भैरव प्रसाद गण र जिल्ला स्तरीय बाल सञ्जालको आयोजना तथा दिपायल सिलगढी नगर पालिका वडा नं ६ को कार्यालय र ग्लोबल आईएमई बैंक डोटी शाखाको प्रायोजनमा खेलकुद प्रतियोगिता गर्न लागिएको भैरव प्रसाद गणका गणपति जनमत  कार्कीले जानकारी दिए।
स्वास्थ्यका लागी खेलकुद, राष्ट्रका लागी खेलकुद भन्ने नारालाई आत्मसाथ गर्दै विद्यालय स्तरमा प्रतिभावान् खेलाडीहरूको प्रमुख थलो भएका कारण नयाँ प्रतिभावान् खेलाडीहरू पहिचान गर्नु पनि प्रतियोगिताको उद्देश्य रहेको गणपति कार्की बताए ।
Krishi
यस्ता प्रतियोगिताले नयाँ प्रतिभाको पहिचान, नयाँ अवसर, पुराना खेलाडीहरू निखारिँदै जाने भएका कारण अन्तर विद्यालय खेलकुद प्रतियोगिताले खेल क्षेत्रमा विशेष महत्त्व राख्ने दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष नरेश मलासीले बताए ।
यही पौष ९ गते देखी १२ गते सम्म चल्ने खेलकुद प्रतियोगितामा जिल्लाका माध्यमिक तहका ८ कक्षा देखि १२ कक्षा सम्मका छात्रहरूका लागी फुटबल, छात्राहरूका लागी कबड्डी र ८ कक्षा सम्मका छात्र, छात्रा दुवैले चित्रकला प्रतियोगितामा सहभागी हुन पाउने आयोजकले जनाएको छ ।
प्रतियोगितामा एनसिसि विद्यालय र जिल्ला स्थित सम्पूर्ण विद्यालयहरूलाई सहभागी हुन भनिएको छ  ।
प्रतियोगितामा फुटबल र कबडीमा प्रथम हुने विद्यालयले रु १५ हजार नगद, प्रमाणपत्र र सिल्ड, द्वितीयलाई रु १० हजार नगद, प्रमाणपत्र र ट्रफिको व्यवस्था गरिनुका साथै चित्रकला प्रतियोगितामा प्रथम हुने विद्यालयलाई रु ३ हजार नगदसहित प्रमाणपत्र उपलब्ध गराइने आयोजकले जनाएको छ।
Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.