Sujang

मतदान अधिकृत चढेको जिप डोटीमा दुर्घटना

Ban

डोटीमा जिप दुर्घटना भएको छ। जिल्लाको बडीकेदार गाउँपालिका वडा नम्बर ५ अत्तरकाँडामा निर्वाचन सामाग्री बोकेको बा २ झ २२३५ नम्बरको जिप बिहीबार दुर्घटना भएको हो।

Krishi

दुर्घटनामा मतदान अधिकृत दिनेश रैखोला सामान्य घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय डोटी प्रमुख प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमालाले सिलगढीबाट निर्वाचन सामाग्री र कर्मचारी बोकेर जिप बडिकेदार गाउँपालिका वडा नम्बर ५ मार्कोट स्थित मतदान केन्द्र गइरहेको बताए।

जिपको ब्रेकफेल भएपछि दुर्घटना भएको बताइएको छ। सो जिपमा कर्मचारी, सुरक्षाकर्मी लगायत ११ जनाको टोली सवार रहेको थियो। जिप बिहिबार बिहान साढे ११ बजे दुर्घटना भएको हो।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.