Sujang

लोकतान्त्रिक बामगठबन्धनका उम्मेदवार जिताउन विद्यार्थी संघसंगठनले दियो जिम्मेवारी

Ban

डोटी : लोकतान्त्रिक बाम गठबन्धन डोटीका विद्यार्थी सङ्गठनहरूले जिल्लाका ९ वटै स्थानीय तहमा संयुक्त रूपमा निर्वाचन परिचालन समितिको साझा संयन्त्र निर्माण गर्ने भएका छन् ।

Krishi

आइतबार बसेको विद्यार्थी सङ्गठनहरूको संयुक्त बैठकले साझा संयन्त्र निर्माण संगै परिचालन गर्ने निर्णय गरेको हो ।                                                                 स्थानीय स्तरमा संयुक्त बैठक सञ्चालन गरी निर्वाचन केन्द्रित कार्यक्रम गर्ने, मतदाता शिक्षामा विद्यार्थीहरू परिचालन गरी मतदाता शिक्षालाई प्रभावकारी बनाउने, लोकतान्त्रिक बाम गठबन्धनलाई जिताउन स्थानीय गठबन्धन दलसँग समन्वय गरी सम्पूर्ण विद्यार्थीहरूलाई निर्वाचनको लागि परिचालन गराउने निर्णय भएको नेबिसंघका नेता रेशम बिक्रम खड्काले जानकारी दिए ।

नेपाल विद्यार्थी सङ्घ,अखिल (क्रान्तिकारी), अनेरास्ववियु र अखिल छैटौँले सबै स्थानीय तहमा परिचालित हुने विद्यार्थीको नाम एक विज्ञप्ति मार्फत सार्वजनिक गरेको छ ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.