Sujang

लैङ्गिक रूपान्तरणमार्फत सामुदायिक सशक्तीकरण परियोजनाको अर्धवार्षिक समीक्षा सम्पन्न

Ban

असोज २ गते ,अछाम : महिला तथा अन्य सीमान्तकृत वर्गको स्थानीय स्वास्थ्य संस्था तथा सरकारका हरेक निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने उद्देश्यले सञ्चालित ‘लैङ्गिक रूपान्तरणमार्फत सामुदायिक सशक्तीकरण परियोजना’ को अर्धवार्षिक समीक्षा सम्पन्न भएको छ।
जर्मन सहयोग नियोग (GIZ) र सामुदायिक विकास केन्द्र (CDC) को सहकार्यमा अछामको पञ्चदेवल विनायक नगरपालिका र बाजुराको त्रिवेणी नगरपालिकामा सञ्चालित परियोजनाको समीक्षा कार्यक्रम अछामको साफेबगरमा सम्पन्न भएको हो।

Krishi

समीक्षाका क्रममा परियोजनाले हालसम्म गरेका असल अभ्यासलाई निरन्तरता दिने तथा आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रम र परियोजनाका प्राथमिकताअनुसारका गतिविधिमा थप प्रभावकारी ढंगले सहकार्य गर्ने सहमति भएको छ।

कार्यक्रममा पञ्चदेवल विनायक नगरपालिकाका नगर प्रमुख अम्बिका चलाउने र त्रिवेणी नगरपालिका, बाजुराका नगर प्रमुख कर्णबहादुर थापाले परियोजनाले स्वास्थ्य, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणका क्षेत्रमा स्थानीय तहलाई महत्वपूर्ण सहयोग पुर्‍याइरहेको बताउनुभयो।
उहाँहरूले परियोजनाका गतिविधिमा स्थानीय तहबाट आवश्यक सहयोग तथा साझेदारी हुँदै आएको उल्लेख गर्दै आगामी दिनमा पनि समन्वय र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै सामुदायिक विकास केन्द्र (CDC) का कार्यकारी निर्देशक हेमराज जोशीले स्थानीय सरकारका प्राथमिकता, प्रचलित ऐन, नियम तथा कार्यविधिको अधीनमा रहेर पालिकासँग थप मजबुत समन्वय गरी कार्यक्रम सञ्चालन गरिने बताउनुभयो। उहाँले परियोजना सञ्चालनमा दुवै स्थानीय तहबाट प्राप्त सहयोगका लागि धन्यवादसमेत व्यक्त गर्नुभयो।

परियोजनाले हालसम्म सञ्चालन गरेका गतिविधि तथा आगामी योजनाबारे सामुदायिक विकास केन्द्रकी कार्यक्रम संयोजक कमला बिष्टले प्रस्तुतीकरण गर्नुभएको थियो। प्रस्तुतीकरणपछि परियोजनाका उपलब्धि, चुनौती तथा आगामी कार्ययोजनाबारे छलफल गरिएको थियो।
छलफलका क्रममा दुवै स्थानीय तहले आगामी दिनमा परियोजनाका गतिविधिमा आवश्यक सहयोग, समन्वय र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
कार्यक्रममा GIZ की प्रकृति पन्तको समेत उपस्थिति रहेको थियो। एकदिने समीक्षा कार्यक्रममा दुवै स्थानीय तहका बहुक्षेत्रीय समन्वय समितिका प्रमुख, वडा अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, विभिन्न शाखाका प्रमुख, पत्रकार लगायतको उपस्थिति रहेको थियो।

Salmuni
Leave A Reply

Your email address will not be published.