Sujang

तिने दिने उद्घोषण तथा आधारभूत पत्रकारिता तालिम सुरु

Ban

असार ३ गते ,डोटी : डोटीको बोगटानमा किशोरीहरूका लागि ३ दिने उद्घोषण तथा आधारभूत पत्रकारिता तालिम सुरु भएको छ ।

बुधबार नेपाल पत्रकार महासंघ डोटी शाखाको आयोजना तथा बोगटान फुड्सिल गाउँपालिकाको आर्थिक सहयोगमा महिलासंग उपाध्यक्ष कार्यक्रम अन्तर्गत किशोरीहरुका लागि उद्घघोषण तथा आधारभुत पत्रकारीता सम्बन्धि तीन दिने तालीम खत्याडिमा सुरु गरिएको हो ।

तालिमको उद्घाटन सत्रमा बोल्दै बोगटान फुड्सिल गाउँपालिका अध्यक्ष कमल गड्सिलाले तालिमको उद्घाटन कार्यक्रममा बोल्दै किशोरीहरूको क्षमता विकास, नेतृत्व प्रवर्द्धन तथा सञ्चार सीप अभिवृद्धिका लागि यस्ता तालिम आवश्यक रहेको बताए।
उनले समाजमा रहेका विभिन्न विषयवस्तुलाई सही ढंगले प्रस्तुत गर्न पत्रकारिता तथा उद्घोषण सम्बन्धी ज्ञान महत्वपूर्ण हुने उल्लेख गर्दै तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्न सहभागीहरूलाई आग्रह गरे।
साथै, गाउँपालिकाले किशोरी तथा युवाहरूको व्यक्तित्व विकास र सशक्तीकरणका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

तालिमको उद्घाटन सत्रमा बोल्दै बोगटान फुड्सिल गाउँपालिकाकी उपाध्यक्ष बिस्ना देउवा बमले तीन दिने तालिममा दृढ इच्छाशक्ति, लगनशीलता र सक्रिय सहभागिताका साथ सिकाइमा केन्द्रित हुन सहभागीहरूलाई आग्रह गरिन्। उनले गाउँघरका धेरै आमादिदीबहिनीहरूको आवाज अझै पनि सार्वजनिक रूपमा आउन नसकेको उल्लेख गर्दै यस तालिमपछि सहभागीहरूले गाउँमा लुकेका प्रतिभा, समस्या र पीडामा परेकाहरूको आवाज उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन्।

उपाध्यक्ष बमले सञ्चार र पत्रकारिता समाज परिवर्तनको प्रभावकारी माध्यम भएको बताउँदै तालिमबाट प्राप्त ज्ञान र सीपलाई समुदायको हितमा प्रयोग गर्न सहभागीहरूलाई अनुरोध गरिन्। उनले आगामी दिनमा पनि यस्ता क्षमता अभिवृद्धि तथा सीपमूलक तालिमहरूलाई स्थानीय सरकारले निरन्तरता दिँदै जाने प्रतिबद्धता व्यक्त गरिन्।

Krishi

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ डोटीका पुर्ब अध्यक्ष टेकेन्द्र देउवाले पत्रकारिता क्षेत्रमा चुनौती सँगै सम्भावना पनि उत्तिकै रहेको बताए ।

उनले पत्रकारिता पेशा जिम्मेवार, मर्यादित र समाजप्रति उत्तरदायी क्षेत्र भएकाले सत्य, निष्पक्ष र तथ्यमा आधारित सूचना सम्प्रेषण गर्नुपर्नेमा जोड दिए।

देउवाले पत्रकारिताले समाजका आवाजविहीन र पछाडि पारिएका समुदायका मुद्दालाई उजागर गर्ने महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गरे। उनले सञ्चार तथा पत्रकारिताप्रति रुचि राख्ने किशोरीहरूका लागि तालिम उपलब्धिमूलक हुने विश्वास व्यक्त गर्दै सिकेका ज्ञान र सीपलाई व्यवहारमा उतार्न सहभागीहरूलाई आग्रह गरे।

जिल्लामा महिला पत्रकारहरूको सङ्ख्या कम भएकाले पत्रकारीताका तालिमले पत्रकार महिलाहरूको सङ्ख्यामा बढ्ने पत्रकार महासंघ डोटीका अध्यक्ष प्रकाश बमले बताए । पत्रकार महासंघले पत्रकारहरूको क्षमता अभिवृद्धि लगायतका क्षेत्रमा विगत देखि निरन्तर काम गर्दै आइरहेको बताउँदै आगामी दिनमा पनि निरन्तरता दिँदै जाने बताए ।

उद्घाटन सत्रमा स्वागत मन्तव्य महासंघका उपाध्यक्ष सरिता कठायतले राखेकी थिइन् भने कार्यक्रमको सञ्चालन सचिव बिक्रम खड्काले गरेका थिए ।

तालिममा बोगटान गाउँपालिका भित्रका २५ जना किशोरीहरुको सहभागिता रहेको छ ।

तालिम ५ गतेसम्म सञ्चालन हुने भएको छ । तालिमको पहिलो दिन प्रशिक्षकका रूपमा पत्रकार टेकेन्द्र देउवा रहनु भएको थियो ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.