Sujang

मेलघडी आधारभूत विद्यालय अतरकाँडाको अध्यक्षमा बिष्ट

Ban
Krishi

एकेन्द्र चन्द, बैशाख ११ गते : डोटीको बडीकेदार गाउँपालिका वडा नम्बर – ५ अतरकाँडामा रहेको मेलघडी आधारभुतको  बिधालय ब्यवस्थापन समितिको अध्यक्षमा प्रेम बहादुर बिष्ट चयन भएका छ्न  त्यस्तै सदस्यहरुमा हरिश कुमार जेठारा,धन बहादुर बोहरा पार्बती रोका मगर ,पदेन सदस्य पदम सि बोहरा ,रम्बा कुमारी रोका मगर  र सदस्य सचिब राम बहादुर बोहरा चयन भएका छ्न ।
विद्यालयमा सम्पन्न अभिभावक भेलाले नयाँ विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघको नेतृत्व चयन गरेको हो । शिक्षक अभिभावक संघ अध्यक्षमा  महेन्द्र बोहरा चयन हुनुभएको छ। त्यस्तै सदस्यमा धन बहादुर बोहरा, प्रेम सिह कोटकेनी , गोरख जेठारा टिकाराम भुल ,बिर्मा देबि सिराडी ,ठक्करा चन्द गौरा देबि पुनमगर दिलिप बोहरा,डम्मरी थापा र सह सचिब शेर बहादुर बोहरा चयन हुनुभएको छ ।
निबर्तमान बिधालय ब्यवस्थापन समिती अध्यक्ष प्रकाश बहादुर थापाले  आफूलाई यसअघि दुई पटक र हाल पुनः एक पटक गरी तीन पटकसम्म अध्यक्षमा निर्वाचित गराई सहयोग गर्ने  सम्पूर्ण शिक्षक, अभिभावक तथा सरोकारवालाइ  धन्यवाद दिनु भएको थियो।
त्यस्तै नव निर्वाचित अध्यक्ष बिष्टले अभिभावकले दिएको जिम्मेवारी पुरागर्ने र बिधालयको गुणस्तर बढाउन आफुले सक्दो प्रयास गर्ने बताउनु भएको छ ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.