

चैत्र १३, डोटी : सुजङ्ग अस्पताल राजपुर डोटीले दुर्गम क्षेत्रका नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवाको पहुँचमा ल्याउन नि: शुल्क विशेषज्ञ स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ ।
अस्पतालले चैत्र १४ गते डोटीको के.आई.सिंह गाउँपालिका-२ स्थित इन्द्र माध्यमिक विद्यालयको प्राङ्गणमा नि: शुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने सुजुङ्ग अस्पतालका प्रशासन प्रमुख अर्जुन बलायरले बताए ।
सुजङ्ग अस्पतालको प्राविधिक तथा आर्थिक सहयोगमा हुन लागेको कार्यक्रमको आयोजना इन्द्र माध्यमिक विद्यालयले गरेको छ भने सुजङ्ग स्कुल राजपुर मुख्य प्रायोजका रहेकोे छ ।

उक्त नि:शुल्क स्वास्थ्य जाँच र परामर्श डा. विष्णु खड्का (एम.डि.जि.पि विशेषज्ञ ) डा. अशोक शाह (एम.डि. विशेषज्ञ) डा. रोशन राज लम्साल ( फिजिसियन ) डा. आकृति रिजाल ( फिजिसियन) डा. सुरेन्द्र शाह ( एनेस्थेसिया विशेषज्ञ ) रहेका छन् ।
शिविरले विशेषगरी आर्थिक अभाव र भौगोलिक विकटताका कारण समयमै उपचार पाउन नसकेका बिरामीहरूका लागि ठूलो राहत पुर्याउने विश्वास गरिएको सुजुङ्ग अस्पतालका प्रशासन प्रमुख बलायरले बताए।
विशेषज्ञ परामर्शका लागि टाढा धाउनुपर्ने बाध्यतालाई शिविरले केही हदसम्म कम गर्ने बलायरले बताए ।
निशुल्क शिविरमा स्वास्थ्य परीक्षण गराई भरपुर सेवा लिन बलायले अनुरोध गरे ।
अस्पतालले विभिन्न समयमा नि:शुल्क शिविरहरु संचालन गर्दै आईरहेको छ ।

