Sujang

डोटीमा विद्युत सर्ट भइ घरमा आगलागी हुँदा ८ लाखको क्षति

Ban

चैत १३ गते ,डोटी : डोटीको पूर्विचौकी गाउँपालिका–३, माँझगाउँमा विधुत्त सर्ट भएर आगलागी हुँदा एक घर पूर्ण रूपमा नष्ट भएको छ।

बिहिवार राती साढे ११ बजे विधुत्त सर्ट हुँदा रतन बोहराको घर जलेर पुर्ण रुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
ढुङ्गा–माटोले बनेको स्टलले छाएको ३ तले ८ कोठे घरमा विद्युत सर्ट भएर आगलागी भएको प्रहरी जनाएको छ।

Krishi

आगलागीबाट घरभित्र रहेका भाँडावर्तन, लत्ताकपडा, खाद्यान्न, काठका फर्निचर तथा नगद ५० हजार जलेर नष्ट भएको जनाएको छ ।

आगलागीबाट मानवीय तथा चौपाया क्षति भने नभएको बताइएको छ।

स्थानीयवासीको सहयोगमा आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो।
आज बिहान स्थानीयले खबर गरेपछि प्रहरी हवल्दार जनक बहादुर रावलको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको छ।
प्रहरीका अनुसार उक्त आगलागीबाट अन्दाजी ८ लाख बराबरको धनमाल क्षति भएको छ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.