Sujang

डोटीमा क्षयरोगी खोज्न एआईको प्रयोग

Ban

चैत ७ ,डोटी :  क्षयरोगी खोज्न डोटीमा आर्टिफिसियल इन्टेलिजेन्स एआईको प्रयोग भएको छ । जिल्ला स्वास्थ्य कार्यालय डोटीको समन्वय तथा पालिकाको आयोजनामा जिल्लाका पन्ध्र स्वास्थ्य चौकीमा आर्टिफिसियल इन्टेलिजेन्स एआईको प्रयोगवाट क्षयरोगी पत्ता लगाउने अभियान संचालन भइरहेको छ ।

क्षयरोगी पत्ता लगाउन स्वास्थ्यकर्मीको टोली आर्टिफिसियल इन्टेलिजेन्स एआई बोकेर गाउँपालिकामा रहेको स्वास्थ्य केन्द्रमा खटिएको क्याम्प संयोजक सुशिल राज जोशीले बताए ।

Krishi

उनले भने , “आर्टिफिसियल इन्टेलिजेन्स एआई भनेको डिजिटल कम्प्युटर रोबोर्ट हो । यसले मानिसको एक्सरे गरेर सम्भावित क्षयरोग पत्ता लगाउँछ । एआईले खकारबाट नभई एक्सरेबाटै सम्भावित बिरामीको पहिचान गर्छ । सुदूरपश्चिम प्रदेशमा यस्तो एआई उपकरण प्रदेश स्वास्थ्य निर्देशनालयमा मात्रै छ ।”

उहाँले एआईले सम्भावित क्षयरोगी पत्ता लगाइसकेपछि दोस्रो चरणमा बिरामीको खकार परीक्षण गरेर बिरामीको निःशुल्क उपचार हुने बताए । क्षयरोगीको खोजपड्तालका लागि एआईको प्रयोग गर्न दक्ष जनशक्तिसहित स्वास्थ्यकर्मीको टोली पालिका रहेका स्वास्थ्य चौकीमा पुगेर चेक जाँच भइरहेको क्षय तथा कुष्ठरोग अधिकृत सुरज खड्काले बताए  ।

जिल्लामा यही चैत २ गते देखि १६ गतेसम्म क्षयरोगका बिरामी परीक्षण कार्य भइरहेको उनले बताए ।

क्षयरोगको औषधी नियमित सेवन गरे निको हुने बताइएको छ । नेपाल सरकारले सन् २०३५ सम्ममा क्षयरोग नियन्त्रण र सन् २०५० सम्म क्षयरोग उन्मूलन गर्ने लक्ष्य लिएको स्वास्थ्य कार्यालय डोटीका निमित्त प्रमुख दिल्ली रमण जोशीले बताए ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.