Sujang

डोटीमा राति ८बजेपछि देउसी भैलो खेल्न प्रतिबन्ध

Ban

प्रकाश बम, असोज ६ गते ,डोटी-आउँदो मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको कारण देखाउँदै डोटी प्रशासनले जिल्लाभर रातीको ८ बजेपछि हुने देउसी भैलो कार्यक्रममाथि रोक लगाएको छ । चुनावी गतिविधिहरू निरन्तर जारी रहेको भन्दै प्रशासनले तिहारमा खेलिने देउसी भैलोको रातीको कार्यक्रममा कडाई गरेको छ ।

डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले चुनाव नजिक आएको र राजनीतिकतक गतिविधि बढेको भन्दै यो वर्षको तिहारमा हुने देउसी भैलोलाई रातको ८ बजेपछि रोक लगाइएको बताइन् । उनले दिउँसो हुने कार्यक्रममा भने कुनै कडाई नगरिएको स्पष्ट पारिन् ।

गृह मन्त्रालयले सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई समय सीमा बारे निर्णय गर्न दिएको अधिकारको प्रयोग गरिएको भन्दै प्रजिअ श्रेष्ठले सो समयभन्दा अधिक कार्यक्रमहरू सञ्चालन गरिए कानुनबमोजिम कारबाही हुने बताइन् ।

प्रमुख जिल्ला अधिकारी श्रेष्ठले भनिन् ,´विस्फोटक पदार्थको ओसारपसार बिक्री वितरणमा र जुवा तास खेल्न खेलाउन रोक लगाएछौँ । सार्वजनिक ठाउँमा मादक पदार्थ सेवन गरी होहल्ला र झैझगडा गर्नेलाई कानुन बमोजिम कडा कारबाही गरिने छ।`

samajik
Salmuni
Leave A Reply

Your email address will not be published.