

फागुन २१ गते ,डोटी : बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा डोटी जिल्लामा ४०.९ प्रतिशत मत खसेको छ । एक मात्र निर्वाचन क्षेत्र रहेको डोटीमा १ लाख २८ हजार ३ सय ९९ मतदाता रहेका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाका ३१ हजार ९ सय २ महिला र २० हजार ५ सय ८३ पुरुष गरि जम्मा ५२ हजार ४८५ जनाले मतदान गरेका छन् ।
मतदानकाे कार्य सकिएसंगै अहिले मतपेटिका संकलन कार्य भइरहेकाे मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएकाे छ । सदरमुकाम आसपासका मतदान केन्द्रबाट संकलन भइसकेकाे र अन्य क्षेत्रबाट मतपेटिका आइरहेका बताइएकाे छ ।

