Sujang

डोटीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

Ban

फागुन १६ गते ,डोटी : यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न डोटी जिल्लाभर मदिरा बिक्री वितरण तथा सेवनमा पूर्ण प्रतिबन्ध लगाइएको छ।

Krishi

जिल्ला प्रशासन कार्यालय डोटीले शुक्रबार एक सूचना जारी गर्दै निर्वाचन अवधिभर सार्वजनिक शान्ति र सुरक्षा कायम राख्न यस्तो निर्णय गरेको हो।

जिल्ला प्रसासन कार्यालय डोटीको प्रसाशकीय अधिकृत तथा आचारसंहिता अनुगमन अधिकृत जित बहादुर रानाद्वारा हस्ताक्षरित सूचनामा मतदान हुने दिनभन्दा ६ दिन अगाडि अर्थात् २०८२ फागुन १५ गतेदेखि निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक नभएसम्मका लागि मदिरा निषेध गरिएको छ। स्थानीय प्रशासनको निर्देशन उल्लंघन गरेमा होटल व्यवसायी तथा सेवन गर्नेहरूलाई प्रचलित कानुन अनुसार कडा कारबाही गरिने चेतावनी दिइएको छ । 

प्रशासनले निर्वाचनलाई सभ्य र सुव्यवस्थित बनाउने यस कदममा जिल्लास्थित राजनीतिक दल, होटल व्यवसायी, नागरिक समाज र आम सर्वसाधारणसँग पूर्ण सहयोगको अपेक्षा गरेको छ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.