Sujang

वन डढेलो रोकथाम तथा नियन्त्रण सम्बन्धी पूर्वतयारी बैठक सम्पन्न

Ban

फागुन १०, डोटी : डिभिजन वन कार्यालय डोटीले सञ्चारकर्मीसँग वन डढेलो रोकथाम तथा नियन्त्रण सम्बन्धी पूर्वतयारी बैठक सम्पन्न गरेको छ। आगलागीको समय नजिकिँदै जाँदा सम्भावित घटनालाई नियन्त्रण तथा नियमन गर्न कार्यालयले तयार पारेको योजनाबारे जानकारी गराउने र सुझाव सङ्कलन गर्ने उद्देश्यले शनिबार उक्त बैठक आयोजना गरिएको हो।
जिल्ला विपद् व्यवस्थापन समिति डोटी को बैठकबाट जिल्ला स्तरीय वन डढेलो नियन्त्रण तथा रोकथाम कार्ययोजना २०८२ स्वीकृत भएपछि सञ्चारकर्मीसँग छलफल गरिएको डोटीका डिभिजनल वन अधिकृत गोकुल रिजालले जानकारी दिए। राष्ट्रिय कार्ययोजना २०८२ लाई आधार मानी, विभिन्न सुरक्षा निकाय तथा सरोकारवालाको राय–सुझावका आधारमा जिल्ला स्तरीय कार्ययोजना तयार गरिएको उनले बताए।

बैठकमा डिभिजन वन कार्यालयका वन अधिकृत गोपीकृष्ण जोशीले कार्ययोजनाको उद्देश्य, रणनीति, रोकथामका उपाय तथा कार्यान्वयन प्रक्रियाबारे प्रस्तुतीकरण गरेका थिए। सम्बन्धित निकायबीच समन्वय र सहकार्य गरी आगलागीको प्रकृति, जोखिम स्तर तथा भौगोलिक विकटताका आधारमा कार्यविभाजन गरेर डढेलो नियन्त्रण गर्ने योजना रहेको जानकारी गराएको थियो ।

Krishi

त्यस्तै, अग्नि नियन्त्रण उपकरण, राहत सामग्री तथा तालिमप्राप्त जनशक्ति तयारी अवस्थामा राख्ने, वन दस्ता गठन तथा परिचालन गर्ने, हेराला, क्यामेरा, स्याटलाइट र ड्रोनमार्फत वन क्षेत्रको अनुगमन गर्ने, साथै सरोकारवालासँग नियमित समन्वय बैठक राख्ने लगायतका कार्यक्रम समेटिएको बताइएको छ।

यस प्रकारका पूर्वतयारी बैठकले डढेलो जोखिम न्यूनीकरणमा सञ्चार माध्यमको भूमिका थप प्रभावकारी बन्ने विश्वास नेपाल पत्रकार महासंघ का अध्यक्ष प्रकाश बमले व्यक्त गरे। बैठकमा उठेका सुझाव, वन क्षेत्रमा देखिएका समस्या तथा समन्वय र सहकार्यलाई प्राथमिकता दिन सके धेरै चुनौती समाधान हुने उनले बताए।

उक्त कार्यक्रममा जिल्ला स्थित सञ्चारकर्मीहरुको उपस्थिति रहेकोे थियो ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.