


फागुन ९ ,कैलाली : नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश सभापती वीर वहादुर वलारले देशमा स्थिरता र स्थायित्वकालागि नेपाली काँग्रेसलाई जिताउनु पर्ने कुरा वताएका छन् । कैलाली क्षेत्र नं ५ को प्रतिनिधि सभा निर्वाचन प्रचारप्रसारको क्रममा आज धनगढी उपमहानगरपालिका वडा नं १९ फुलवारीमा आयोजना गरेको भेलालाइ सम्बोधन गर्दै सो कुरा वताएका हुन् । काँग्रेस माथि चारैतिरवाट प्रहार भइरहेको उल्लेख गर्दै सभापती वलायरले भने, – ‘काँग्रेस कमजोर भए, देश नै कमजोर हुन्छ, त्यसैले काँग्रेसलाई जिताउनु पर्छ ।’
‘केही राजनितिक दलले यो निर्वाचन मजाकको रुपमा लिएको उल्लेख गर्दै प्रदेश सभापती वलायरले भने,- ‘देशको भविश्य कस्तो हुने भन्ने कुरा यो निर्वाचनले तय गर्नेछ ।’
नेपाली काँग्रेस कैलाली क्षेत्र नं ५ वाट प्रतिनिधि सभा उमेदवार नरनारायण शाहलाइ निर्वाचित गर्न अनुरोध गर्दै प्रदेश सभापती वलायरले भने,- ‘उमेदवार सक्षम, अनुभवी र सुशासनको नमुना देखाउने छन ।’

