Sujang

स्मार्ट एफएमद्वारा संकलित १ लाख २९ हजार सहयोग रकम हस्तान्तरण

Ban

फागुन ८ गते डोटी : सामुदायिक रेडियो स्मार्ट एफ.एम. डोटीको ‘सानो सहयोग अभियान’ अन्तर्गत संकलित सहयोग रकम हस्तान्तरण गरिएको छ।
जिल्लाको पूर्वीचौकी गाउँपालिका वडा नं. ७ पोखरीका दान्ने निवासी टेक बहादुर बडैलालाई एक लाख उनन्तिस हजार असी रुपैयाँ सहयोग रकम शुक्रबार हस्तान्तरण गरिएको हो।

Krishi

गत पुस २५ गते बडैलाको पारिवारिक अवस्थाका बारेमा रेडियोको आधिकारिक फेसबुक पेजमार्फत प्रसारण गर्दै एफ.एम.का प्रबन्ध निर्देशक दिपेन्द्र खड्का ले ‘सानो सहयोग अभियान’ सञ्चालन गरेका थिए।
देश तथा विदेशमा रहेका ८८ जना सहयोगी दाताबाट संकलित उक्त रकम बडैलाकै घरमा पुगेर हस्तान्तरण गरिएको प्रबन्ध निर्देशक खड्काले जानकारी दिए।

रकम हस्तान्तरण गर्दै खड्काले रेडियो ध्वनि तरङ्गको साथी मात्र नभई समाजमा लुकेर र दबेर रहेका आम मानिसको सुख–दुःखको साथी पनि हुनुपर्ने बताए। उनले समयअनुसारको प्रविधिको प्रयोग गर्दै समाजभित्रका गतिविधिमा प्रत्यक्ष संलग्न हुन रेडियोले अग्रसर हुनुपर्ने धारणा व्यक्त गरे।

बाल्यकालदेखि नै बुबाआमा गुमाएका बडैलाको ६ जनाको परिवारमध्ये २ जनाको मानसिक सन्तुलन बिग्रिएको छ। परिवार सामाजिक सुरक्षाकै भरमा जीविकोपार्जन गर्दै आएको बताइएको छ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.