

माघ २९ गते, डोटी : डाेटीमा बन्दुककाे छर्रा लागि एकजना युवककाे मृत्यु भएकाे छ । बोगटान फुड्सिल गाउँपालिका वडा नं. ०१ लफडा गाउँमा बस्ने बर्ष ३० का कलम धामीकाे मृत्युु भएकाे जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

साेहि वडा पोखरीका दुर्गा सिंह कुडमालको ३ तले घरको माथिल्लो तलामा बिजुली वायरिङ्ग गरिरहेकाे अवस्थामा बुधबार बेलुकी करिब ६:४० बजेकाे समयमा सोही कोठामा राखिएको भरुवा बन्दुक पट्कन गई बाँया कन्चटमा छर्रा लागी मृत्यु भएको प्रहरीले जनाएकाे छ ।
घटना बारे स्थानीयले राति एक बजेको समयमा जानकारी गराएपछि प्रहरी सहायक निरीक्षक रामबहादुर कार्कीको कमाण्डमा चार जनाको टोली खटिएको घटनास्थल पुगेको थियो।
थप अनुसन्धानको लागि बिहिबार बिहानै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक नवराज रावलको कमाण्डमा ६ जनाको टोली फिल्डमा खटिएको छ ।

