Sujang

सुरक्षित आप्रवासन र मानव बेचबिखन नियन्त्रणबारे दुईदिने अन्तरक्रिया

Ban

साउन २८ गते, डोटी :डोटीको बोगटान फुड्सिल गाउँपालिका–४ चवराचौतारामा सुरक्षित आप्रवासन तथा मानव बेचबिखन नियन्त्रणसम्बन्धी दुईदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

UMN MDT सुदूरपश्चिमको सहयोग तथा बोगटान फुड्सिल गाउँपालिकाको आयोजनामा भएको कार्यक्रममा वडा अध्यक्ष दीपबहादुर बमको अध्यक्षतामा गरिएको कार्यक्रमको सहजीकरण UMN काठमाडौंका थिम लिडरले गरेका थिए ।

Krishi

अन्तरक्रियामा आप्रवासन नीति तथा योजना, वैदेशिक रोजगारीमा जाने क्रममा आप्रवासीले भोग्नुपरेका समस्या तथा सुरक्षित आप्रवासनका लागि स्थानीय सरकार र सरोकारवालाको भूमिकाबारे गहन छलफल गरिएको थियो।

कार्यक्रमबाट आप्रवासी तथा वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिलाई सही सूचना उपलब्ध गराउने उद्देश्यले फेसबुक पेजसमेत निर्माण गरिएको छ। त्यस्तै स्थानीय तहमा आप्रवासनसम्बन्धी कार्यविधि निर्माणको कामसमेत सुरु गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, व्यापारी, बेपत्ता परिवारका सदस्य, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा स्वास्थ्यकर्मीसहित ३० जनाको सहभागिता रहेको थियो।

Salmuni
Leave A Reply

Your email address will not be published.