Sujang

बिपिनगर बजार संरक्षणका लागि तत्काल काम अघि बढाउने मन्त्री लम्सालको प्रतिबद्धता

Ban

एकेन्द्र चन्द ,साउन २९ गते, डोटी :भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले डोटीको बडीकेदार गाउँपालिका–बिपिनगरस्थित कापडीगाड नदी कटान क्षेत्रको स्थलगत अनुगमन गर्नुभएको छ।
ठुलीगाड र कापडीगाड दुवैतर्फबाट कटानको उच्च जोखिममा रहेको बिपिनगर बजारको अनुगमन गर्दै मन्त्री लम्सालले बजार संरक्षणका लागि तत्काल काम अघि बढाउने प्रतिबद्धता जनाउनुभयो।
अनुगमनका क्रममा उहाँले धनगढी–खुटिया–दिपायल सडकखण्डमा निर्माणाधीन पुलहरूको अवस्था र बजेटबारे जानकारी लिनुभएको थियो। बाँकी कामका लागि बजेट व्यवस्थापन भइसकेकाले तत्काल काम सुरु गरिने उहाँले बताउनुभयो।

Krishi

यस्तै, सहजपुर–बोगटान–बिपिनगर–दिपायल सडकखण्डको निर्माण कार्यलाई समेत अघि बढाइने मन्त्री लम्सालले बताए ।
बडीकेदार गाउँपालिकाका उपाध्यक्ष डम्बरी विष्ट कलेलले गाउँपालिकाको समग्र विकास तथा तत्काल सम्बोधन गर्नुपर्ने विषय समेटिएको ज्ञापनपत्र मन्त्री लम्साललाई बुझाउनुभएको छ।

उहाँले बिपिनगर बजार संरक्षण, खुटिया–दिपायल फास्ट ट्र्याक, सहजपुर–बोगटान सडक लगायत पालिकाभित्रका विभिन्न योजनाका लागि बजेट माग गरिएको बताउनुभयो।

चुरे संरक्षित क्षेत्रका कारण ठुलीगाडतर्फ तटबन्धका लागि बजेट आउने गरे पनि बजारको अर्को क्षेत्रमा बजेट नआएको भन्दै उपाध्यक्ष कलेलले बजार संरक्षणमा विशेष ध्यान दिन आग्रह गर्नुभयो।
अनुगमनमा कैलाली क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य केपी खनाल, सडक विभाग तथा धनगढी–दिपायल–खुटिया सडक आयोजनाका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो।

Salmuni
Leave A Reply

Your email address will not be published.