

माघ २८ गते,डोटी : नेपाली काँग्रेस डोटीबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार भरत खड्काले झुट बोलेर जनताका अगाडि नसकिने आश्वासन दिनु राम्रो नहुने बताएका छन्।

मंगलबार घरदैलो अभियानका क्रममा बोगटान फुड्सिल गाउँपालिका–३ कानाचौर पुगेर उनले झुटा आश्वासन बाँडेर जनतालाई भ्रमित गर्न नहुने बताएका हुन्।
नेता खड्काले भने, “हामी लोकतन्त्रवादी हौँ। जनताको मन जितेर अगाडि बढ्नुपर्छ। भोलि पनि हामी जनताकै माझमा बस्नुपर्छ।”
उनले थपे, “कसैलाई करकाप वा डर–धम्की देखाउने होइन। जिल्ला र देश बनाउने स्पष्ट खाका तथा विगतमा गरेका काम जनतामाझ छर्लङ्ग पारेर अगाडि बढ्ने हो।”
देशलाई वर्तमान संकटबाट निकास दिने क्षमता नेपाली काँग्रेससँग मात्र रहेको दाबी गर्दै उनले काँग्रेस लोकतन्त्र, समृद्धि र स्थायित्वको भरोसायोग्य शक्ति भएको बताए।

