

एकेन्द्र चन्द, माघ २६ गते,डोटी : सुन्तलाजात फलफुल खेतीलाई आधुनिक, व्यवसायिक तथा उत्पादनमुखी बनाउन डोटीमा जिल्लास्तरीय उन्नत प्रविधि सम्बन्धी तालिम सुरु भएको छ।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत सञ्चालन भइरहेको सुन्तलाजात फलफुल जोनको आयोजनामा बडीकेदार गाउँपालिकाको खड्यौलीमा आइतबारदेखि तालिम सुरु भएको हो। २५ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने तीनदिने तालिममा स्थानीय कृषक तथा कृषि प्राविधिकहरूको सहभागिता रहेको छ।
आयोजकका अनुसार बडीकेदार गाउँपालिकाका प्राविधिकसहित सुन्तलाजात फलफुल खेतीमा संलग्न २१ जना उद्यमी कृषक गरी कुल ३१ जनाले तालिममा सहभागिता जनाएका छन्।
तालिममा सुन्तलाजात फलफुल खेतीलाई आधुनिक, व्यवसायिक र उत्पादनमुखी बनाउने उद्देश्यले उन्नत प्रविधि, बगैँचा व्यवस्थापन, रोग तथा कीरा नियन्त्रण, उत्पादन वृद्धि र बजार व्यवस्थापनसम्बन्धी विषयमा प्रशिक्षण प्रदान गरिने बताइएको छ।

