Sujang

विपद् अभ्यासमा ज्यान गुमाएका सुरजको घरमा पुगेर बाहिनीपति सुवेदीद्वारा परिवारलाई नगदसहित सम्मान

Ban

डोटी, माघ २५ : विपद् सिमुलेशन अभ्यासका क्रममा सप्तकोशी नदीमा ज्यान गुमाएका सशस्त्र प्रहरी जवान स्व. सुरज साउँदको घरमा पुगेर सशस्त्र प्रहरी बल नेपाल नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय, कैलालीका निमित्त बाहिनीपति सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक दिग विजय सुवेदीले परिवारलाई नगदसहित सम्मान गर्नुभएको छ।

आइतबार स्व. साउँदको स्थायी ठेगाना दिपायल सिलगढी नगरपालिका–३, कैलडा पुगेर बाहिनीपति सुवेदीले परिवारजनसँग भेटघाट गर्दै सम्मान तथा समवेदना व्यक्त गर्नुभएको हो।

Krishi

२५ औँ सशस्त्र प्रहरी दिवसका अवसरमा सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमका अधिकृतद्वारा स्थापित ‘स्वर्गीय निर्मल गुरुङ अक्षय कोष’बाट प्रदान गरिएको उक्त पुरस्कार स्व. साउँदका बुवा नन्ना बहादुर साउँदलाई दोसल्ला ओढाई सम्मान पत्रसहित नगद रु. २५ हजार प्रदान गरिएको छ।
सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्सामा दरबन्दी भई सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय, महोत्तरीमा कार्यरत रहँदा यही जेठ २२ गते मनसुनजन्य विपद्‌को पूर्वतयारी स्वरूप प्रदेशस्तरीय विपद् सिमुलेशन अभ्यासका क्रममा सप्तकोशी नदीमा कर्तव्य पालनाको सिलसिलामा स्व. साउँदले वीरगति प्राप्त गरेका थिए ।

सो अवसरमा बाहिनीपति सुवेदीले परिवारको अवस्था, आवश्यकता र भावी सहकार्यका विषयमा समेत जानकारी लिएका थिए ।

चार वर्ष सशस्त्र प्रहरी बलमा सेवा गर्नुभएका स्व. साउँदप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँलाई एक कर्मठ र लगनशील प्रहरीका रूपमा स्मरण गरिएको थियो।

कार्यक्रममा सशस्त्र प्रहरी बल ३६ नं. गणका प्रहरी उपरीक्षक शिव प्रसाद गैह्रे लगायत अन्य प्रहरी अधिकारीहरूको उपस्थिति रहेको थियो।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.