Sujang

निर्वाचन कार्यालय डोटीका प्रमुख सवार गाडी दुर्घटना : पाँच जना घाइते,अवस्था सामान्य

Ban

डोटी, माघ १७ : डडेल्धुरामा स्कारपियो गाडी दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्।
जिल्ला निर्वाचन कार्यालय डोटीका प्रमुख सवार गाडी डडेल्धुराको अमरगढी नगरपालिका–११ स्थित रडुवा खोलामा, केआई सिंह राजमार्गमा दुर्घटनामा परेको हो।

Krishi

बडीकेदार गाउँपालिकाका विभिन्न मतदान केन्द्रको अनुगमन गरी सिलगढी फर्किने क्रममा बागमती प्रदेश ०१–००२ झ ६४९५ नम्बरको स्कारपियो अनियन्त्रित भई सडक छेउमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

दुर्घटनामा घाइते हुनेमा अजयमेरु गाउँपालिका–६ निवासी तथा डोटीका निर्वाचन अधिकृत ४२ वर्षीय करुणाकर पन्त, बर्दिया घर भई सशस्त्र प्रहरी बल ३६ नं. गण डोटीमा कार्यरत ४० वर्षीय सुमन चौधरी, तनहुँको भानु नगरपालिका निवासी तथा नेपाली सेना भैरवनाथ गण डोटीमा कार्यरत ३८ वर्षीय सूर्यबहादुर कोइराला, गन्यापधुरा गाउँपालिका–३ निवासी तथा जिल्ला प्रशासन कार्यालय डोटीका नायब सुब्बा ३० वर्षीय मिनबहादुर बोहरा र डोटीको दिपायल सिलगढी नगरपालिका–५ निवासी चालक ४५ वर्षीय तेजबहादुर अधिकारी रहेका छन्।

घाइतेहरूमा निर्वाचन अधिकृत पन्त र चालक अधिकारीलाई थप उपचारको लागि धनगढी पठाइएको र अन्य तीन जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.