Sujang

डोटीको केदारेश्वर माविमा‘अक्षयकोष स्थापना घोषणा वर्ष २०८२’ सुरु,पहिलो दिनमै १६ लाख संकलन

Ban

डोटी, माघ १७: डोटीको शिखर नगरपालिका–१ कपल्लेकीस्थित केदारेश्वर माध्यमिक विद्यालयको ७०औँ वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा अक्षयकोष स्थापनाका लागि पहिलो दिनमै १६ लाख ३ हजार १ सय ३३ रुपैयाँ संकलन भएको छ।

विद्यालयले ‘अक्षयकोष स्थापना घोषणा वर्ष २०८२’ को शुभारम्भ गर्दै आयोजना गरेको कार्यक्रममा उल्लेखित रकम संकलन भएको विद्यालयका प्रधानाध्यापक गगन सिंह कार्कीले जानकारी दिए।

Krishi

उनका अनुसार शिखर नगरपालिका–१ बोगटी गाउँका लालबहादुर बोगटी र हर्क बोगटीले स्वर्गीय आमा–बुबाको स्मृतिमा स्थापना गरिएको धौलु बोगटी छात्रवृत्ति कोषका लागि ११ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन्।

त्यस्तै, शिखर नगरपालिका–१ घर भई हाल शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेड, कोहलपुर बाँकेका प्रबन्धक रविन्द्र शाहीले अक्षयकोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन्। कुमालिकोट माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक शंकरबहादुर कठायतले स्वर्गीय बुवा गंगाराम कठायत छात्रवृत्ति कोष स्थापनाका लागि १ लाख रुपैयाँ सहयोग गरे।

श्रेपेज कलेज धनगढीका प्रबन्धक गणेश शाहीले ५१ हजार ५ सय रुपैयाँ सहयोग गरेका छन् भने विद्यालयका प्रधानाध्यापक गगन सिंह कार्कीले ५३ हजार २ सय ४३ रुपैयाँ कोषमा योगदान गरेका छन्।
वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा पूर्व शिक्षक, पूर्व विद्यार्थी, शिक्षा प्रेमी, समाजसेवी, अभिभावक तथा सरोकारवाला विभिन्न व्यक्तिहरूको सहयोगमा उक्त रकम संकलन भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा शिखर नगरपालिका–१ का वडा अध्यक्ष दिपक बोगटीले बताए।

उनका अनुसार ‘अक्षयकोष स्थापना घोषणा वर्ष २०८२’ अन्तर्गत एक करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको छ। साथै आगामी दिनमा प्लस–टु तहमा विज्ञान र सूचना प्रविधि (आईटी) कक्षा सञ्चालन गर्ने उद्देश्यसहित अभियान अगाडि बढाइएको उनले जानकारी दिए।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.